शुक्रबार, वैशाख २१
०७:५६

आर्थिक विकास मित्र साकोसको संस्थागत विकास तालिम नगरकोटमा सुरु

शुक्रबार, चैत्र ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था लि. पाँचखाल–४, काभ्रेको संस्थागत विकास तालिम भक्तपुरको नगरकोटमा सुरु भएको छ । साकोसका अध्यक्ष सरोज सापकोटाको अध्यक्षतामा आयोजित तालिमको शुभारम्भ तालिम सहजकर्ता नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरे र सभाध्यक्ष सापकोटाको आतिथ्यतामा भएको थियो । 

तालिममा साकोसका सञ्चालक सदस्य, लेखा सुपरिवेक्षण समिति सदस्य, उपसमिति सदस्यहरु र व्यवस्थापन गरी १९ जनाको सहभागिता रहेको छ । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत ठाकुरनाथ अधिकारीले संस्थाको फागुन मसान्त सम्मको वित्तीय विवरण प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा सभाध्यक्ष सापकोटाले साकोस सुदृढिकरणमा संस्थागत विकास तालिमको आवश्यकता र औचित्यता माथी प्रकाश पार्नुभएको थियो । उहाँले सहकारीमा देखिएको विद्यमान तरलता अभाव, अस्वस्थ बजार प्रतिस्पर्धा, ऐन कानुन कार्यान्वयका चुनौतिका कारण सहकारी क्षेत्रको विकासमा चुनौति थपिएकोप्रति चिन्ता व्यक्त गर्दै साकोसको गुणसतर सुधार र सुशासन कायम गर्ने सबालमा सबैले ध्यानदिनुपर्ने बताउनुभएको थियो । 

साकोसका सञ्चालक सदस्य बैकुण्ठ प्रसाद न्यौपानेले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव नारायण प्रसाद ढुङगानाले गर्नुभएको थियो ।आजको तालिम सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको छ भने नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमलराज अधिकारी पनि तालिम सहजकर्ताको रुपमा रहनुहुनेछ । तालिम चैत्र १३ गते सम्म चल्नेछ । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र