शनिबार, वैशाख २२
०४:२५

प्रभात दिदीबहिनी साकोस सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

बिहीबार, चैत्र १०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । चितवनस्थित प्रभात दिदीवहिनी बचत तथा ऋण सहकारी संस्था लि. को सञ्चालकहरुको क्षमता विकास तालिम चितवनको कविलास रिसोर्टमा सम्पन्न भएको छ । 
साकोसका अध्यक्ष विमला न्यौपाने ज्ञावालीको अध्यक्षतामा आयोजित तालिम नेफ्स्कूनकी उपाध्यक्ष शान्ती अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो  । तालिम २०७८ चैत्र ६ गते देखि सुरु भएको हो ।

प्रमुख अतिथि अधिकारीले सञ्चालकहरुको क्षमता विकास तालिम सञ्चालक समितिको निर्वाचन भएको पहिलो बर्ष नै लिइसक्नुपर्ने तालिम भएको जानकारी गराउनुभयो । तालिमले सञ्चालकहरुको ज्ञान, सीप क्षमता विकास हुनुको साथै साकोस सञ्चालनमा प्रभावकारिता ल्याउन र पदाधिकारी एवम् सञ्चालकहरुले आ आफ्नो जिम्मेवारी वहन गर्न सहज हुने उहाँले बताउनुभयो । 

साकोसकी अध्यक्ष न्यौपानेले सञ्चालकहरुको क्षमता विकास तालिम  संस्थागत विकासका लागि अत्यन्त महत्वपूर्ण रहेको प्रष्ट्याउँदै तालिमबाट प्राप्त ज्ञान सीप साकोस सञ्चालनका क्रममा पूर्ण रुपले कार्यान्वयनमा ल्याउन सहभागीहरुलाई अनुरोध गर्नुभयो । 

तालिममा साकोसका सञ्चालक समिति, विभिन्न उपसमिति गरी १५ जना र उच्च व्यवस्थापनका २ जना गरी १७  जनाको सहभागिता थियो । तालिम सहजीकरण नेफ्स्कूनका तालिम विभाग प्राचार्य सञ्जयराज तिमिल्सिना र तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र