शनिबार, वैशाख २२
०१:४८

दहचोक साकोसको आयोजनामा दश साकोसबीच असल सिकाई आदानप्रदान

बिहीबार, चैत्र १०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । हाम्रो दहचोक बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम अन्तर्गत दोस्रो समूहको १७औं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला हिजो सम्पन्न भएको छ । 

आयोजक साकोसका अध्यक्ष हरि शरण थापाको सभाध्यक्षतामा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख र कोषाध्यक्ष दिपक पनेरुको विशिष्ट आतिथ्यतामा कार्यक्रम शुभारम्भ भएको थियो । अन्य अतिथिहरुमा नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख गणेश तिमिल्सिना, चन्द्रागिरी नगरपालिकाका वडा नं. १ का वडाअध्यक्ष राजेन्द्र के.सी. कर्ब्स दोस्रो समुहमा आबद्ध साकोस प्रतिनिधिहरु साथै आयोजक साकोसका सञ्चालक तथा लेखा समितिका सदस्यहरुको उपस्थिति रहेको थियो । 

प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष पौड्यालले साकोस सुदृढीकरणका लागि नेफ्स्कूनले अगाडि सारेका दुइवटा मापदण्डमा साकोसहरुको अनिवार्य संलग्नताको विषयमा चर्चा गर्नुभयो । स्तरीकरण कार्यक्रम, जसले साकोसलाई वित्तीय ढंगले सुरक्षित र सन्तुलित बनाउन सहयोग गर्छ भने स्थिरीकरणले साकोसमा पर्न सक्ने सम्भावित दुर्घटनाबाट सुरक्षा प्रदान गर्छ उहाँले भन्नुभयो, “साकोसहरुलाई प्रविधियुक्त बनाउन एकीकृत प्रविधि विकासमा नेफ्स्कूनले काम अगाडि बढाएको छ, अब एउटै सफ्ट्वेयर मार्फत एकीकृत सेवाको उपलब्धता सहज बन्छ ।”  

कार्यक्रममा समुहमा आबद्ध जोरपाटी साकोस, ऋजु साकोस, बालकुमारी साकोस, जयन्ती साकोस, आदर्शभृकुटी साकोस, तरकारी फलफुल साकोस, चिनारी साकोस, शारदामाई साकोस, कम्पास साकोस र हाम्रो दहचोक साकोसका व्यवस्थापकहरुले असल सिकाई साथै संस्थागत कार्यप्रगति प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यक्रममा नेफ्स्कून तालिम अधिकृत सोविता मैनाली र कास्कून तालिम अधिकृत नवराज सुवेदीले सहजिकरण गर्नु भएको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र