शनिबार, वैशाख २२
०६:४२

चन्द्रागिरि नगर सहकारी समन्वय समितिको ५ औं वार्षिकोत्सव सम्पन्न  

बिहीबार, चैत्र १०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । स्थानीय तहबाटै सहकारीहरुको सञ्जाल बलियो बनाउँदै लाने अभिप्रायसहित गठित चन्द्रागिरि नगर सहकारी समन्वय समिति ५ औं वर्ष प्रवेश गरेको छ । काठमाडौंस्थित चन्द्रागिरि नगरपालिकाको सहयोग एवम् नेफ्स्कूनको संयोजनमा २०७४ साल चैत ९ गते चन्द्रागिरि नगर सहकारी समन्वय समिति गठन गरिएको थियो । समितिले नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा हिजो नैकापमा एक कार्यक्रम आयोजना गरी ५ औं वार्षिकोत्सवको बधाई तथा शुभकामना आदानप्रदान साटासाट गरेको छ । केशव शर्मा पौड्यालको संयोजकत्वको समिति ७ सल्लाहकारसहित २५ सदस्यीय छ ।

चन्द्रागिरि नगरपालिकाको सहकार्यमा आयोजित वार्षिकोत्सव कार्यक्रममा नेफ्स्कून अध्यक्ष पौड्यालले समितिसँग साझेदारी गर्न संघ तयार रहेको भन्दै नीति, विधि तथा प्रविधिमा सहयोग गर्न संघ तयार रहेको बताउनुभएको कोषाध्यक्ष पनेरुले जानकारी गराउनुभयो ।

नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुको बिशेष पहलकद्मीमा नगर सहकारी सञ्जाल गठनको प्रारम्भिक खाका तयार गरिएको थियो । ‘स्थानीय तहहरुलाई सबलीकरण गर्ने राज्यको सोच अनुरुप जनतासँग प्रत्यक्ष भिजेका सहकारीहरु र स्थानीय सरकारबीच सहकार्य र समन्वय मजबूत बनाउन नगरस्तरीय सञ्जाल बनाउनुपर्छ भन्ने ठान्यौं, ’हाल समितिका सल्लाहकार पनेरुले साकोस आवाजसँग भन्नुभयो, ‘हाम्रो मनसायसँग नगरपालिकाको मन पनि गाँसियो र नगरप्रमुख अनि राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्षलाई आमन्त्रित गरेर कार्यक्रम पनि गर्यौ ।’

समितिका सचिव एवम् कास्कूनका सञ्चालक लेमन श्रेष्ठले स्थापनाकालमा नगरपालिका भित्र ९३ बचत तथा ऋण, ३६ बहुउद्देश्यीय, ९ कृषि र २ उपभोक्ता गरी १५१ सहकारीहरु रहेको जानकारी गराउँदै पछिल्लो तथ्याङ्क अनुसार करिब ३ वटा सहकारी एकीकरण भएका र १२ वटा नयाँ दर्ता भएको बताउनुभयो । समितिले नगरका सहकारीहरुको संख्यालाई ध्यानमा राखी सदस्यता विस्तारलाई प्राथमिक योजना बनाएको श्रेष्ठले बताउनुभयो । उहाँले नगरपालिकाको सहकारी नियमावली निर्माणमा पनि समितिले ‘इनपुट’ रहेको दाबी गर्दै मस्यौदा तयार भइ अन्तिम चरणमा रहेको बताउनुभयो ।

सचिव श्रेष्ठले समितिले स्थानीय तहमा सहकारीको भूमिका, सहकारी ऐन नियमावली विषयक एक दिवसीय गोष्ठीहरु पनि सम्पन्न गरिसकेको छ । कोभिडको समयमा समितिले नेफ्स्कून, राष्ट्रिय सहकारी बैंक तथा कास्कूनको प्राविधिक सहयोगमा पनि ३ वटा भर्चुअल कार्यक्रम सफलतापूर्व सम्पन्न गरिसकेको उहाँले बताउनुभयो । 

‘चन्द्रागिरि नगरपालिकासँगको साझेदारीमा सहकारीका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम धुलिखेलमा पनि सञ्चालन गर्यौं, ’ श्रेष्ठले साकोस आवाजसँग भन्नुभयो, ‘त्यस्तै कोभिडको समयमा बलम्बु अस्थायी आइसोलेशन समितिलाई १ लाख २५ हजार रुपैयाँ नगद सहयोग समेत गर्यौं ।’ हाल छुट्टै कार्यालय नरहेको समितिले मासिक २ गते फरक फरक सदस्य संस्थामा बैठक सञ्चालन गर्दै आएको छ ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र