शुक्रबार, जेठ ४
०१:०१

मोरङमा साकोस व्यवस्थापकहरुबीच सिकाइ आदानप्रदान 

मंगलबार, चैत्र ८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत मोरङ जिल्ला बचत संघको आयोजनामा साकोस व्यवस्थापकहरुबीच असल अभ्यास आदानप्रदान कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला बचत संघ मोरङका अध्यक्ष सोमनाथ निरौलाको अध्यक्षता र नेफ्स्कून सञ्चालक सदस्य गोमा नेपालको प्रमुख आतिथ्यता रहेको थियो । 

प्रमुख अतिथि गोमा नेपालले बचत तथा ऋण सहकारी संस्था सञ्चालन प्रभावकारिता र दिगो सुनिश्चितताका लागि नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गतका  सेवा तथा व्यवसाय र स्तरीकरण कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । 

कार्यक्रममा जिल्लाका साकोस व्यवस्थापकहरुले साकोसका गतिविधि साथै असल अभ्यासहरुबारे जानकारी गराउनुभएको थियो भने जिल्ला संघ साझेदारी अन्तर्गत सञ्चालन भइरहेका स्तरीकण कार्यक्रम, तालिम शिक्षा तथा व्यावसायिक साझेदारीका कार्यक्रमहरुबारे संघले जानकारी गराएको थियो । 

कार्यक्रम समापनका अवसरमा नेफ्स्कूनका सञ्चालक सदस्य घनश्याम अधिकारीले जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गतका सेवा तथा व्यवसायबारे उल्लेख गर्दै स्तरीकरण र स्थिरीकरण कोषको उपादेयताबारे चर्चा गर्नुभएको थियो ।  

कार्यक्रम सञ्चालन संघका सचिव एकराज निरौलाले गर्नु भएको थियो भने नियोसिस प्रा लि का प्रमुख कार्यकारी अधिकृत भोजराज घिमिरेले नेफ्स्कूनले विकास गर्न लागेको इआरपी सम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र