शुक्रबार, जेठ ४
०३:११

६५ औं राष्ट्रिय सहकारी दिवसको नाराः गत वर्षकै निरन्तरता 

सोमबार, चैत्र ७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

राष्ट्रिय सहकारी महासंघले गत वर्षकै निरन्तरता स्वरुप ६५ औं राष्ट्रिय सहकारी दिवसको थिम (नारा)  ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ तय गरेको छ । आज बसेको संघको सञ्चालक समितिको बैठकले ६५ औं राष्ट्रिय सहकारी दिवसको लागि गत वर्षकै थिम (नारा) लाई निरन्तरता दिने निर्णय गरेको हो । महासंघले गत वर्ष अर्थात् ६४ औं राष्ट्रिय सहकारी दिवसकै नारालाई यस वर्ष पनि निरन्तरता दिएको महासंघकी महाप्रबन्धक चित्राकुमारी थामसुहाङ सुब्बाले जानकारी दिनुभयो ।

महासंघले फागुन ११ गते एक राष्ट्रिय दैनिक पत्रिकामा सूचना जारी गर्दै थिम प्रस्ताव आव्हान गरेको थियो । तर चित्तबुझ्दो प्रस्ताव नआएपछि पुरानै थिमलाई निरन्तरता दिएको महाप्रबन्धक सुब्बाले जानकारी दिनुभयो ।

नेपालमा सहकारी स्थापना भएको दिनको सम्झना गर्दै हरेक वर्ष चैत्र २० गते सहकारी दिवस मनाइन्छ । हरेक सहकारी वर्षमा नारा तय गरी सहकारीलाई दिशानिर्देश गर्ने काम महासंघले गर्दै आएको छ । ६४ औं राष्ट्रिय सहकारी दिवसमा तय भएको नाराले सार्थक रुप पाउँदै गरेको अवस्था छ । धेरै सहकारी संस्थाहरु प्रविधिमा समेत प्रवेश गरेको छ । नेपाल सरकारले पनि सहकारीलाई प्रविधिमा जान नीतिगत व्यवस्था गरेको छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र