शुक्रबार, जेठ ४
०३:४१

बागमती प्रदेश सहकारी मन्त्रालयद्वारा स्थिरीकरण कोषमा सहभागी हुन सूचना जारी

सोमबार, चैत्र ७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बचत ऋण सहकारी संस्थाहरुलाई स्थिरीकरण कोषमा सहभागी हुन सूचना जारी गरेको छ । बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज एक सूचना जारी गरी सहकारी ऐन २०७४ मा व्यवस्था गरिएको बचत तथा ऋण सहकारी संस्थाहरुका लागि स्थिरीकरण कोषमा योगदान गर्न प्रदेश मातहतका सबै बचत तथा ऋण सहकारीहरुलाई आग्रह गरेको हो । प्रदेश मन्त्रालयको २०७८ चैत ७ गतेको रजिष्ट्रारस्तरीय निर्णयानुसार सूचना जारी गरिएको हो ।

मन्त्रालयका तर्फबाट कानून अधिकृत प्रकाश चापागाईले जारी गर्नुभएको सूचनामा सहकारी संस्थाको तरलता कायम राख्न, सम्भावित जोखिमबाट संरक्षण गर्न र असल नियतका साथ काम गर्दा गर्दै अनपेक्षित संकट उत्पन्न भएमा संस्थाका बचाउ लगायतका लागि सहकारी ऐन २०७४ को दफा १०३ तथा बागमती प्रदेश सहकारी ऐन २०७६ को दफा ११३ खण्ड (ङ) मा स्थिरीकरण कोषमा सहभागी हुने सम्बन्धी व्यवस्था संघीय कानून बमोजिम हुने व्यवस्था गरिएको भन्दै प्रदेश अन्तर्गतका सबै बचत तथा ऋण सहकारी संस्थाहरुलाई कोषमा सहभागी भई योगदान गर्न सूचना जारी गरिएको उल्लेख छ । मन्त्रालयले प्रदेश मातहतका सबै बचत ऋण सहकारीहरुलाई प्रचलित कानून बमोजिम स्थिरीकरण कोषमा सहभागी हुन र सको कार्यका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) सबै बचत तथा ऋण सहकारीका विषयगत प्रदेश तथा जिल्ला बचत संघहरु लगायत सम्बन्धितमा सबैका लागि सूचना जारी गरिएको जनाएको छ ।

 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र