शुक्रबार, जेठ ४
०२:४१

भक्तपुरमा नगद परिचालक क्षमता अभिबृद्धि तालिम सञ्चालन

सोमबार, चैत्र ७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि., तालिम व्यवस्थापन उपसमितिको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा भक्तपुरमा एक दिवसीय नगद परिचालक क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले बचत तथा ऋण सहकारीमा सदस्यसँग हुने पहिलो भेट काउन्टरमा बस्ने कर्मचारीसँग हुने भएकोले उहाँहरुको व्यवहार, ज्ञान सिप र क्षमतामा संस्थाको छवि निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कर्मचारीको कार्यक्षमता अभिबृद्धिले संस्थाको लक्ष्य हासिलमा सहयोग पुग्ने विचार राख्दै सिकेको कुरा व्यवहारमा उतार्नुको साथै मातहतका कर्मचारीलाई पनि सिकाउनुपर्ने बताउनुभयो ।

संघका सञ्चालक एंव उपसमितिका संयोजक इन्द्रप्रसाद व्यान्जुले संस्थाका काउण्टरमा बस्ने कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरेको बताउनुभयो । संस्थामा कार्यरत कर्मचारीहरुको कार्यकुशलता र ज्ञान सिपले नै संस्थाको छवि निर्माणमा महत्वपूर्ण भुमिका खेल्ने हुदाँ तालिमका व्यवहारिक ज्ञान तथा सिपको प्रयोगमा जोड दिनुभयो । उपसमितिका सदस्य सत्यनारायण पक्काले स्वागत मन्तव्य राख्दै संस्थामा कार्यरत कर्मचारीहरुको कार्यक्षमता अभिबृद्धिले सदस्य सेवा प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका तालिम अधिकृत उमेश कोइरालाको सहजिकरणमा तालिम सम्पन्न भएको थियो । तालिमको समापन समारोह संचालन गर्दै संघका व्यवस्थापक बालकृष्ण धोजुले सिकाई कहिले अन्य नहुने भएकोले निरन्तर सिकाईलाई जोड दिई कार्य क्षमता अभिबृद्धि गर्नुपर्ने बताउनुभयो । तालिममा सहभागीहरुले तालिमले आफूले गर्दै आएको कार्यको क्षमता अभिवृद्धिमा सहयोग पु¥याएकोमा खुशी व्यक्त गर्दे तालिमबाट सहकारीका मूल्य सिद्धान्त, टेलरको काम कर्तव्य र भुमिका,  टेलरमा हुनुपर्ने गुणहरु, भल्ट व्यवस्थापन, खुद्रा नगदको व्यवस्थापन, नगद डिनोमिनेसन कागजात प्रमाणिकरण जालीनोट पहिचान लगायतका विषयहरु सिकेको बताउनुभयो । तालिममा संस्थामा कार्यरत ५२ जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र