शनिबार, जेठ ५
०८:४५

सहकारी सदस्यहरुको बिमा गर्न गाउँपालिकाको सहयोग 

आईतबार, भदौ २८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

दोलखा, २८ भदौं । जिल्लास्थित तामाकोशी गाउँपालिकाका सम्पूर्ण सहकारीका सदस्यहरुको कोरोना बिमा कार्यक्रममा गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । सहकारीहरुले गाउँपालिकाको सहयोगमा आफ्ना सम्पूर्ण सेयर सदस्यहरुको १ लाखको कोरोना बिमा गर्ने भएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ का कारण सदस्यमा पर्न सक्ने स्वास्थ्य जोखिम कम गर्न सहकारीहरुले सदस्यसँगै तामाकोशी गाउँपालिकाको सहयोगमा कोरोना बिमा गर्न लागेका हुन् । सहकारी सदस्य बिमा कार्यक्रममा गाँउपालिका, संस्था र सदस्यहरुको सयुक्त आर्थिक सहभागितामा रहने छ । कार्यक्रममा प्रत्येक सदस्यले १ सय, गाउँपालिकाले १ सय र संस्थाले १ सय रुपैयाँको योगदान गर्नेछन् । कार्यक्रममा सबै सदस्यको सहभागिताका लागि गाउँपालिकास्थित सहकारीहरुले संयुक्त पहलकद्मी गर्ने छन् ।

भदौ २६ गते तामाकोशी गाँउपालिकामा रहेका सहकारी संस्थाका प्रतिनिधिहरुको बैठक बसी उक्त बीमा योजना तत्काल सुरु गर्ने निर्णय भएको छ । तामाकोशी गाउँपालिकका सहकारी संस्था एवम् स्थानीय सहकारीकर्मीहरुको संयुक्त पहलमा गाउँपालिकाको सहयोग सहित सहकारी सदस्यहरुको बिमा कार्यक्रम  लागू गर्न लागिएको हो । १ लाख रुपैयाँको बिमा वापतको प्रिमियममा सरकारले बेहोर्ने ३ सय रुपैयाँ बाहेक बाँकी ३ सय तिनै पक्षले तिर्ने सहमति जुटेको हो । सहकारीका सदस्य नभएकाहरुले भने २ सय लगानी गर्नु पर्ने छ । गाउँपालिकाको उक्त निर्णयको स्थानीय सबै सहकारीकर्मीहरुले प्रशंसा गर्दै अन्य स्थानीय निकायको लागि पनि उदाहरणीय हुने दाबी गर्नुभएको छ ।

 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।