आईतबार, जेठ ६
०८:०१

प्रदेश सहकारी ऐन संशोधनका लागि वागमती प्रदेशमा निवेदन दर्ता

बिहीबार, फागुन २६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भक्तपुर । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड भक्तपुरले प्रदेश सहकारी ऐन संशोधनको माग सहित बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष निवेदन पेश गरेको छ । फागुन २२ गते आइतबार बचत संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुको नेतृत्वमा गएको टोलीले प्रदेश सहकारी ऐन २०७६ मा रहेको एक व्यक्ति एक भन्दा बढी सहकारीमा सदस्य बन्न नपाउने व्यवस्था संशोधनका लागि सभामुख समक्ष निवेदन बुझाएको हो । 

प्रदेश सभा नियमावलीमा भएको व्यवस्था अनुरुप सहकारीका सचेत नागरिक तथा सहकारीकर्मीहरुले सहकारी ऐन संशोधनको विषमा उठाएका सवालहरुलाई नियमावलीमा उल्लेखित विधि तथा प्रक्रिया अनुरुप अगाडि बढाइने सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले बनाएका सबै ऐन कानुनहरु जनताको अनुकुलमा हुदैंनन्, जनतालाई प्रतिकुल भएका विषयहरु सडकमा आन्दोलन गरी, सभा समारोहमा बोलेर संशोधन हुने पनि होइन । त्यसका लागि प्रक्रियागत ढंगबाट ती विषयहरु सरकारमा उठाउन तीन जना प्रतिनिधि सभाका सदस्यको दस्तखत र सय जना नेपाली नागरिकको दस्तखत सहीतको निवेदन माफर्त प्राइभेट विलको रुपमा प्रदेश सभामा छलफलको विषय बन्ने प्रावधान छ ।”

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले कानुनमा व्यवस्था भए अनुसार प्रदेश सभा सदस्य माननीय शंशी जंग थापा, माननीय प्रतिमा श्रेष्ठ र माननीय सृजना सैंजु सहित एक सय जना नेपाली नागरिकको दस्तखतमा सहकारी ऐन संशोधनका लागि निवेदनको दर्ता गरिएको बताउनुभयो । 

नेपालको संविधानमा उल्लेखित मौलिक हक र अन्र्तराष्ट्रिय सहकारी सिद्धान्तको पहिलो सिद्धान्त स्वेच्छिक तथा खुल्ला सिद्धान्त विपरित एक व्यक्ति एक सहकारीको व्यवस्था रहेको बताउदैं तत्काल संशोधन गरी सहकारी व्यवसाय संचालनमा सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

संघका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमितिका सदस्यहरु र कर्मचारीहरु गरी २४ जनाको टोली उक्त निवेदन दर्ताका क्रममा प्रदेश सभा सचिवालय पुगेको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र