आईतबार, जेठ ६
०६:३४

ब्राण्डिङ कार्यक्रमबारे सञ्चालक तथा कर्मचारीहरूलाई अभिमुखीकरण

बिहीबार, फागुन २६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । काभ्रेको बनेपास्थित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको शिक्षा तथा प्रकाशन उपसमितिको आयोजनामा एक्सेस अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 

साकोसको २१ औं वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समीति ,लेखा सुपरीवेक्षण समिति र तत्पश्चात नियुक्त उपसमिति सहित नयाँ कर्मचारीहरुलाई एक्सेस कार्यक्रमबारे जानकारी गराउने उद्देश्यसहित अभिमुखीकरण आयोजना गरिएको साकोसले जनाएको छ ।  एक्सेस कार्यक्रमका सम्बन्धमा ज्ञान तथा धारणा विकास गर्ने र पुराना समिति, उपसमितिका पदाधिकारी तथा सदस्यहरु र कर्मचारीहरुलाई समेत पूर्नताजगी प्रदान गरी साकोसको गुणस्तर अभिवृद्धिमा थप उर्जा थपिने विश्वास लिइएको साकोसका शिक्षा तथा प्रकाशन उपसमितिका संयोजक प्रकाश भुर्तेलले जानकारी गराउनुभयो । 

११२औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रम शिक्षा तथा प्रकाशन उपसमितिका संयोजक भुर्तेलको सभापतित्व र साकोसका अध्यक्ष कैलाश के.सी.को प्रमुख आतिथ्यतामा भएको थियो । अभिमुखीकरण सहजकर्ता नेफ्स्कूनका व्यवसाय विभाग प्रमुख दुर्गा प्रसाद ढकाल हुनुहुन्थ्यो ।

कार्यक्रममा सहजकर्ता दुर्गाप्रसाद ढकालले एक्सेसका ८६ वटै सूचकहरुको बारेमा सहभागीहरुलाई जानकारी गराउँदै सहकारी संस्था सञ्चालनमा सुरक्षित र गुणस्तरीय सेवा प्रवाहको संस्कार मार्फत सदस्यहरुको सन्तुष्टीलाई प्राथमिकतामा राखी बचत तथा ऋण सहकारी अभियानको गुणस्तरी छवि सुनिश्चित गराउने कार्यक्रमको सोच रहेको जानकारी गराउनुभएको थियो ।

एसियाली ऋण महासंघ (अकु) को प्राविधिक सहजीकरणमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले २०६३ देखि एक्सेस कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । एक्सेस कार्यक्रम बचत तथा ऋण सहकारीहरुमा स्वः नियमनमार्फत गुणस्तर कायम गर्न अकुद्वारा विकास गरिएको गुणस्तर सुनिश्चितता एवं अन्तर्राष्ट्रिय प्रतिकीकरण ( एक्सेस ब्राण्डिङ) कार्यक्रम हो । निरन्तर ब्राण्डिङ कार्यक्रममा आबद्ध बुडोल सामुदायिक एक्सेस ब्राण्ड प्राप्त गर्न समेत सफल साकोस हो । 

कार्यक्रम सञ्चालन साकोसका प्रमुख कार्यकारी अधिकृत रामृष्ण रायक्षेत्रीले गर्नुभएको थियो ।  
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र