आईतबार, जेठ ६
०७:१०

बनेपामा एघार साकोसहरुबीच असल सिकाई आदानप्रदान 

बुधबार, फागुन २५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नारी जागरण बचत तथा ऋण सहकारी संस्था लि. बनेपा–४, काभ्रेको आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम (कर्ब्स) अन्तर्गत १२औं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला हिजो सम्पन्न भएको छ । 

साकोसकी अध्यक्ष देवकी दाहालको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । 

प्रमुख अतिथि पौड्यालले संघले सञ्चालन गरेका गुणस्तर सुनिश्चितताका कार्यक्रमबारे जानकारी गराउँदै संस्थागत विकास र सुशासनमा स्तरीकरण कार्यक्रमको उपादेयतामाथि चर्चा गर्नुभयो । उहाँले साकोसहरुलाई प्रविधियुक्त बनाउन एकीकृत प्रविधि विकासमा नेफ्स्कूनले काम गरिरहेको बताउनुभयो । साकोसहरुले संस्थागत क्षमता विकास, मानव संशाधन विकास र गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

कार्यक्रममा पिपुल्स साकोस, यस साकोस, हिमकाली समाजसेवा साकोस, उग्रतिर्थ साकोस, जनमैत्री साकोस, दुमो साकोस, नागरिक विकास साकोस, एकिकृत साकोस, उद्यम विकास साकोस, जागृत कुसादेवी साकोस, हाम्रो साहारा साकोसका प्रतिनिधिहरु सहभागी थिए । कार्यक्रममा सहभागी प्रतिनिधिहरुबाट संस्थाको वित्तीय प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दिपराज ढकालले गर्नुभएको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र