बुधबार, जेठ २
०८:५७

नयाँपाटी साकोस सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न 

बुधबार, फागुन २५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौंको गोकर्णेश्वर–५ मा अवस्थित नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाको सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम (CUDCC- Credit Union Director's Competency Course)  चितवनको सौराहामा सम्पन्न भएको छ । यहि फागुन १७ देखि २० गतेसम्म सञ्चालित तालिम नेफ्स्कूनको प्राविधिक सहजीकरणमा भएको थियो । संस्थाका अध्यक्ष गौतम खनालको सभापतित्व र नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख गणेश तिमिल्सिनाकोे प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको थियो ।  

४ दिवसीय उक्त तालिमको समापन सत्र नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारीको प्रमुख आतिथ्यतामा सन्पन्न भएको थियो । तालिममा साकोसका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, उपसमिति र प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापन कर्मचारीहरुको सहभागिता रहेको थियो । 

तालिम सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत द्वय बल्लभ तिमिल्सिना र प्रेमनाथ वाग्लेले गर्नुभएको थियो । तालिममा सञ्चालक समितिको काम, कर्तव्य, दायित्व र आधारभूत ज्ञान सीप, समितिको प्रभावकारिता, सञ्चालक समिति र व्यवस्थापकबीचको सम्बन्ध, वस्तु तथा सेवाहरुको विकास, साकोसमा वित्तीय व्यवस्थापन र पल्र्स विश्लेषण, सिकाई व्यवस्थापन कार्ययोजना, ऋण लगाानी तथा असुलीमा सञ्चालकहरुको भुमिका, भाखा नाघेको ऋण व्यवस्थापन, सुशासन लगायत विविध विषयहरुमा छलफल तथा प्रयोगात्मक कृयाकलापहरु गरिएको थियो ।

समापन समारोहका अवसरमा साकोसको तर्फबाट पृष्ठपोषण तथा प्रतिवद्धता स्वरुप २१ बुदे प्रतिज्ञा पत्र सम्पूर्ण सहभागीहरुको हस्ताक्षर सहित जारी गरिएको थियो । संस्थाका अध्यक्ष खनालले CUDCC तालिम नयाँपाटी साकोसमा सुशासन कायम गर्नको लागि अत्यन्तै उपलब्धीमुलक रहेको र यसले आगामी दिनमा संस्थागत सुशासन बलियो हुनेमा विश्वस्त रहेको जानकारी गराउनुभएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र