सोमबार, वैशाख २४
०७:२१

लैंङ्गिक मुलप्रवाहिकरण र महिला सशक्तिकरणः एक चर्चा

मंगलबार, फागुन २४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । महिला हक, अधिकार, समानता सशक्तिकरण आदिका पक्षमा विभिन्न समयमा मुखरित स्वरहरुलाई थप सशक्त रुपमा विश्वसामु प्रस्तुत गर्ने औपचारिक दिन । महिला मुक्ति, विभेद, असमानता विरुद्धको विश्वव्यापी अभियानको यो वर्षको राष्ट्रिय नारा ‘सामाजिक न्याय र लैगिंक समानताः दिगो विकासको सुनिश्चितता’ रहेको छ भने संयुक्त राष्ट्र संघले  “Gender equality today for a sustainable tomorrow” तय गरेको छ । ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसका लागि तय दुवै नाराको साइनो लैगिंक मुलप्रवाहिकरण र महिला सशक्तिकरणसँग जोडिएको छ । त्यसको लागि ऐक्यबद्धताको संक्षिप्त तर बुलन्द आवाज Break the Bias कायम गरिएको छ ।

महिला सशक्तिरण एक प्रक्रिया हो जसले महिलाभित्र रहेको अन्तरनीहित बहुआयामिक (आर्थिक, सामाजिक, राजनीतिक, मनोवैज्ञानिक, साँस्कृतिक इत्यादि) क्षमतालाई बाहिर ल्याई आफनो जीवनको बारेमा समानताको आधारमा निर्णय गर्न सक्षम बनाउँदछ । महिलाहरुमा प्रतिस्पर्धात्म क्षमता विकासमार्फत सफलता प्राप्त गर्नुपनि खास अर्थमा सशक्तीकरण हो । यो कुनै व्यक्तिका लागि कसैले गरिदिने कार्य होइन स्वयं व्यक्ति नै जागरुक हुनु पर्दछ । उसको जागरुकतामा बाहिरी पक्षबाट आवश्यक सहयोगको निमित्त थप उत्साह दिनु पर्दछ । महिला सशक्तीकरणका लागि पाँच तहगत तत्वहरुः कल्याणकारी, पहुँच, धारणागत सचेतना, अर्थपूर्ण सहभागिता र नियन्त्रण आवश्यक पर्दछ । 

समग्र उचित तथा दिगो विकास महिला र पुरुषको समान सहभागिता विना संम्भव छैन् । आधा बढी आकाश ओगटेका महिलाहरुलाई पर सारेर दिगो विकासको विश्वव्यापी लक्ष्य पूरा गर्नु असम्भव प्रायः छ । अलग अस्तित्व तर परिपुरक महिला र पूरुष बिना न त समाजको सृजना हुन सक्थ्यो नत विकास हुन सक्छ । विश्वमा तथा हाम्रो जस्तो विकासन्मुख देश जसमा महिला सशक्तिकरणमा कमि, स्रोत साधनमा पहुंच तथा नियन्त्रणमा कमि, विभिन्न निर्णय प्रक्रियामा महिलाहरुको अर्थपूर्ण सहभागितामा कमि तथा लैङ्गिक हिंसाका कारण जति महिला सशक्त हुनु पर्ने थियो त्यो हुन सकेको छैन तर क्रमिक प्रगति भईरहेको छ । 

महिला बिरुद्धका सबै विभेद र हिंसाको अन्त्य गरी महिलाहरुको हक अधिकारको संरक्षण एवं प्रबद्धर्नका लागि राज्यले अधिकारबादी अवधारणाको अबलम्बन गरी नीतिगत, कानुनी र सस्ंथागत सुधारका साथै विकास कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । विभेदकारी काननुहरुमा संशोधन गरेर महिला सहभागिता वढाई, आय आजर्न तथा स्रोेत साधनमाथि महिलाहरुको पहुँच एवं नियन्त्रणमा वृद्धि गर्ने प्रयत्न समेत हुदै आएका छन् । आरक्षण, घरेलुप्रथा, परम्पराजन्य हिसांहरुका बिरुद्ध सचतेना, हिंसाबाट प्रभावित महिलाका लागि परामर्श तथा उपचार र कानुनी सहयोग,  द्वन्द्व समाधान तथा शान्ति स्थापनाको प्रक्रियामा महिलाहरुको अर्थपूर्ण सहभागिता, सीप तथा क्षमता विकासका कार्यक्रमहरु, लैङ्गिक उत्तरदायी बजेट प्रणाली लगायतका कार्यक्रमको कार्यान्वयनबाट पनि महिलाहरुको जीवनस्तर सुधारमा महत्वपूर्ण उपलब्धिहरु भएका छन् । विगतमा विपन्न ग्रामीण महिलाका लागि वैकल्पिक अवसर सिर्जना गर्ने गरी सञ्चालित महिला विकास कार्यक्रम देशका ३०४३ गाविसमा विस्तार भएको थियो । (रा.यो.आ. त्रिबर्षिया आधार पत्र, २०६७।६८ देखि ०६९।७०) । यद्यपि, ती उपलब्धिहरुका वावजूद महिलाहरुको राजनीतिक, आर्थिक र सामाजिक सशक्तीकरणका प्रयासहरु फैलावट र गुणस्तरका दृष्टिले अपर्याप्त रहेको जगजाहेर छ । हामीले भोगेको सशस्त्रद्वन्द्व, लैङ्गिक हिंसा, एच. आई. भि. एड्स जस्ता कारणहरुले महिलाका समस्याहरु अझ बढाए । 

स्रोत र साधनमा महिलाहरुको पहुँच र नियन्त्रण स्थापना गर्न, विभिन्न प्रकारका विभेद र शोषणको अन्त्य गर्न, गैर कृषि क्षत्रेमा रोजगारीका अवसरहरु वृद्धि गर्न, निर्णय निरुपण प्रक्रियामा महिलाको सहभागितालाई सार्थक बनाउन, महिला भित्रका असमानतालाई हटाउन र महिलाको योगदानलाई राष्ट्रिय लेखा प्रणालीमा समावेश गर्न अझै पनि धेरै कार्यहरु गर्नुपर्ने अवस्था छ । संस्थागत व्यवस्थालाई सुदृढीकरण गर्न पर्याप्त मात्रामा भौतिक, वित्तिय एवं मानविय स्रोत प्रदान गर्न सकिएको छैन । तापनि नेपाल सरकारले बेला बेलामा गरेका विभिन्न महिला सशक्तिकरण तथा लैङ्गिक हिंसा सम्बन्धि पहलहरु, महिला आयोगको गठन एवं कार्यान्वयन, ३३ प्रतिशत सहभागिता, महिला अधिकार प्रति बढ्दो सचेतना एवं चासो, संबैधानिक, कानूनी, संस्थागत तहमा भएका पहलहरु, लैङ्गिक बजेट प्रणालीको कार्यान्वयन, महिला अधिकारका क्षेत्रमा कार्यरत संस्थाहरुको सख्ंयात्मक र गुणात्मक क्षमतामा भएको वृिद्ध, यस क्षेत्रमा भएका अन्तर्राष्ट्रिय उपलव्धि तथा सहयोगका प्रतिवद्धताले आगामी दिनमा यस क्षेत्रको विकासका लागि पर्याप्त संभावनाहरु छन् ।

लिंङ्गको आधारमा हुने सवै प्रकारका शारीरिक, मानसिक, आर्थिक, राजनैतिक, सांस्कृतिक, व्यवहारिक र यौन सम्बन्धी क्षति पुर्याउने खालका व्यवहार र भावनात्मक दुर्व्यवहार समेतलाई साधारणतया लैङ्गिक हिंसा भन्ने गरिन्छ । सूचना तथा तथ्यांकको आधारमा के भन्न सकिन्छ भने विशेषत महिला माथि हुने हिंसा नेपाल साथै जिल्लाको परिदृश्यमा समेत बढी हुनाले महिला माथि हुने हिंसालाई पनि लैङ्गिक हिंसाको रुपमा लिने गरिन्छ तर लैङ्गिक हिंसा मित्र महिला हिंसा पर्ने गर्दछ । विशेषतः लैङ्गिक मुद्धाहरुमा लिङ्ग र लैङ्गिक भूमिका, लैङ्गिक समता, लैङ्गिक समानता, लैङ्गिक मूलप्रवाहीकरण, लैङ्गिक बजेट, महिला सशक्तीकरण, सकारात्मक विभेद इत्यादि पर्दछन् ।  

समाजमा महिला र पुरुषको समान अधिकार, अवसर, पहुंच, नियन्त्रण र अस्तित्व एवं पहिचान हुने अवस्था नै लैङ्गिक समानता हो त्यस्तै महिला र पुरुषबीच सवै क्षेत्र र तहमा समानता भएको आदर्श अवस्थालाई लैङ्गिक समानता भनिन्छ । यसका साथै महिला र पुरुषको अस्तित्व, पहिचान र समान अधिकारलाई समान महत्व दिनु, स्रोत साधनमा महिला र पुरुषको समान पहुंच र नियन्त्रण हुनु, महिला र पुरुषवीच सवै क्षेत्र तहमा समान अवसर र समान लाभ हासिल गर्ने अवस्था हुनु, नीति निर्माण, निर्णय तथा विकासको पक्रियामा महिला र पुरुषको समान सहभागिता हुनु र  समाजमा महिला र पुरुषको समान हैसियत कायम भएको आदर्श अवस्था नै वास्तवमा लैङ्गिक समानता हो । जसको लागि सकारात्मक विभेद, लैंङ्गिक उत्तरदायी बजेटको व्यवहारिक प्रयोगबाट समानता कायम गर्न सकिन्छ ।  

लैिङ्गक समानता तथा महिला सशक्तीकरण विकास प्रक्रिया, सेवाप्रवाह र शासकीय प्रणालीका सबै क्षेत्रमा लैङ्गिक मूलप्रवाहीकरणमा समावेश गर्ने गरिन्छ जसको सुदृढताका लागि लैङ्गिक बजेट प्रणालीलाई सुदृढ गर्दै स्थानीय स्तरसम्म बिस्तार गर्ने, महिला विरुद्धका विभिन्न किसिमका हिसां र विभेद रोकथाम तथा नियन्त्रणका लागि अभियानको रुपमा कार्यक्रम सञ्चालन गर्न, ग्रामीण क्षेत्रका सीमान्तकृत महिलाहरुको क्षमता अभिवृद्धि एवं जीवनस्तर सुधारका लागि लक्षित संरक्षणात्मक, सेवामुलक तथा सशक्तीकरणका कार्यक्रमहरु सञ्चालन गर्न, द्वन्द्व समाधान र शान्ति स्थापना गर्ने कार्यमा महिलाहरुको सार्थक सहभागिता सुनिश्चित गर्न सकिन्छ । 

लैङ्गिक मूलप्रवाहीकरण समानता हासिल गर्ने एक रणनीति तथा सवै क्षेत्र र तहका कानून, नीति, योजना, कार्यक्रम, आयोजना, कार्यविधि, संगठन, संरचना आदिको निर्माणको सवै चरणमा लैङ्गिक सवाललाई प्रमुख रुपमा समावेश गर्नु, महिलाको व्यवहारिक तथा रणनीतिक आवश्यकताको विश्लेषण गरी सम्बोधन गर्ने पद्धति नै लैङ्गिक मुलप्रवाहिकरणका उदारहण हुन । जसमा केहि जोखिम, चुनौति तथा समस्याहरु छन् जस्तैः शारिरीक रुपमा देखिने अवधारणागत चुनौतिहरु, सामाजिक सास्कृतिक कारण, कार्यालयहरुमा लैङ्गिक फोकल व्यक्तिहरुको व्यवस्था प्रभावकारी नहुनु, सिमान्तकृत बर्गको समस्या, व्यक्तिगत समस्याहरु जस्तै शिप, ज्ञान तथा प्रतिस्पर्धिको अवस्था, राजनैतिक हस्तक्षेप तथा असहयोग, लैङ्गिक प्रतिवद्धताहरु पालना तथा पुरा नगर्नु नकी कुरा मात्र गर्नु, बाह्य विशेषज्ञता, स्रोत तथा साधनहरुमा भरपर्नु, आर्थिक कारण एवं दिगोपनामाको समस्या, सबै महिलाहरुलाई एउटै तहमा राखी हेर्नु, समुदायमा आधारित महिला संघसंस्थाहरुको कमी, महिलाहरुमा उद्यमशिलताको कमी आदि छन् भने लैङ्गिक मुलप्रवाहिकरणका अवसरहरुमा सबै क्षेत्र तथा अवसरमा महिलाहरुलाई प्राथमिकता प्रदान गर्नु, नीति निमार्णमा सम्बोधन गर्नु, विभिन्न क्षेत्र एवं जगतबाट प्रतिवद्धताहरु प्राप्त हुनु, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा सहयोग, नागरीक समाजहरुको जागरुपता तथा लैङ्गिक सवालहरुको उठान एवं वहस पैरवी गर्नु, राज्य पुर्नसंरचना तथा संघियतामा लैजाने प्रयास हुनु, लैङ्गिक सवाललाई विकास निर्माणको आधारको रुपमा लिईनु, यस्ता सवालहरुलाई राज्यको प्रमुख योजनाहमा समावेश गरिनु, घरेलु हिंसा कसुर र सजाए ऐन, २०६६ लागू हुनु, विभिन्न अन्तर्राष्ट्रिय महासन्धीहरु -CEDAW- Convention on the Elimination of All Forms of Discrimination Against Women, BPFA-Beijing Platform For Action) आउनु तथा नेपालले हस्ताक्षर गर्नु तथा हाल भईरहेको विभिन्न क्रियाकलापले लैङ्गिक समानता कायम भई समाजको सन्तुलित विकास सम्भव छ यसको लागि सबैले आ–आफ्नो ठाउंबाट अधिकार उजागरको साथ साथै कर्तव्य निर्वाह गर्नु आवश्यक देखिन्छ । ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसले यस दिशामा नतिजामुखी काम गर्ने साहस, सम्भावना र सक्षमता विकास गरोस । आजको यस महत्वपूर्ण दिनमा सम्पूर्ण महिलासँगै सबैमा हार्दिक शुभकामना ।

Feedback-pokharel.prakash@gmail.com

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र