बुधबार, जेठ २
०७:१७

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर मनाइँदै 

मंगलबार, फागुन २४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता भन्ने नाराका साथ आज  ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । नारी आन्दोलनको झल्को दिने दिन र नारी अधिकारको खोजीको दिनको रुपमा हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । 

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन शुरु भएको मानिन्छ ।

नेपालको संविधानले लैंगिक समानताको प्रत्याभूति गर्न महत्वपूर्ण प्रावधानको व्यवस्था गरेको छ । यसबाट महिलाप्रति हुने हिंसा र विभेद हटाउन ठूलो मद्दत पुगेको छ । 

महिला दिवसको अवसरमा नेपालमा पनि विभिन्न संघ संस्थाहरुले विविध कार्यक्रमको आयोजना गरेका छन् । हिजो काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजना र विभिन्न बचत तथा ऋण सहकारी संस्थाहरुको सहयोगमा काठमाडौंमा सामाजिक न्याय र लैंङ्गिक समानताः दिगो विकासको सुनिश्चितता विषयक गोष्ठी सम्पन्न भएको थियो भने आज ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले सहकारीमा महिला सशक्तिकरण विषयक एक दिवसीय कार्यशाला गोष्ठीको आयोजना गर्दैछ । 

यस बर्ष संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय महिला दिवसको थिम “Gender equality today for a sustainable tomorrow” घोषणा गरेको छ  भने ‘विभेदको अन्त्य’ (BREAK THE BIAS! ) का लागि ऐक्यवद्धता जाहेर गर्न आव्हान गरेको छ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र