बुधबार, जेठ २
०५:२३

‘निर्णायक तहमा प्रतिष्पर्धी महिला सहभागिता आवश्यक छ’

सोमबार, फागुन २३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष एवम् आइसिए ग्लोवल बोर्ड सदस्य ओमदेवी मल्लले राज्यका निर्णायक तहमा अर्थपूर्ण र प्रतिष्पर्धी महिला सहभागिता हुनुपर्नेमा जोड दिनुभएको छ । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) ले आज काठमाडौंमा आयोजना गरेको सामाजिक न्याय र लैंङ्गिक समानताः दिगो विकासको सुनिश्चितता विषयक गोष्ठीलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि मल्लले अबको महिला सहभागिता क्षमतावान, प्रतिष्पर्धी र प्रमुख निर्णायकको भूमिकामा रहनुपर्ने बताउनुभएको हो ।  

गोष्ठीले ७ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ । 

कास्कूनका अध्यक्ष एवम् नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुको अध्यक्षतामा आयोजित गोष्ठीको उद्घाटन सत्रमा राष्ट्रिय सहकारी बैंककी सञ्चालक सरिता भट्टराई, नेफ्स्कूनका सञ्चालक मन्दरा मिश्र, काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष ज्ञानबहादुर तामाङ, राष्ट्रिय सहकारी महासंघी महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ, काठमाडौं जिल्ला समन्वय समितिकी उपप्रमुख सिता दाहाल, बागमती प्रदेश बचत संघकी सञ्चालक राधा कडरिया लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा कास्कूनका सञ्चालक समिति सदस्य, लेखा सुपरीवेक्षण समिति सदस्य, विभिन्न  उपसमिति सदस्यहरु सहित काठमाडौं जिल्लाभरका विभिन्न बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, सञ्चालक समितिका सदस्य एवम् व्यवस्थापकहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि मल्लले हरेक क्षेत्रमा महिला सहभागिता बढ्दो रहेपनि अझै महिला पछाडि परेको र अर्थपूर्ण सहभागिता हुननसकेकोमा आफूलाई सँधै पोलिरहने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीमा तीन कुराको कमी छ, जसले हामीलाई अगाडि बढ्न दिँदैन । त्यो हो, पहिलो सूचना, दोस्रो समय व्यवस्थापन र तेस्रो अध्ययन । जवसम्म हामीले यी तीन कुराको व्यवस्थापन राम्रोसँग गर्न र अपडेट हुन सक्दैनौं, तबसम्म हामीलाई महत्वपूर्ण जिम्मेवारी लिनबाट पछाडि धकेलिरहन्छ ।” 

उहाँले १९९० सालको मुलुकी ऐन, २००४ सालको पहिलो संविधान, २००७ सालको संविधानमा पनि आधारभूत मौलिक हक, समान शिक्षा र समान अधिकारका विषय उठान गरेको प्रशंङ्ग उल्लेख गर्दै २०७२ सालको संविधानमा महिला अधिकारका विषयमा सुनिश्चित व्यवस्था प्रयाप्त रहेको चर्चा गर्नुभयो । स्थानीय तहदेखि सर्वोच्च निकायका नेतृत्व तहमा महिला सहभागिता सुनिश्चित हुनुबाट आफूले नेपालका महिला भाग्यमानी महिलाको रुपमा लिएको दाबी समेत गर्नुभयो । 

उहाँले महिलाको नेतृत्व पुरुषको तुलनामा झनै अब्बल रहने उदाहरण प्रस्तुत गर्दै अन्तराष्ट्रिय स्तरमा पनि महिला राष्ट्रप्रमुख र सरकार प्रमुख रहेका देशमा कोभिड महामारी नियन्त्रणमा राम्रो परिणाम प्राप्त भएको विभिन्न अध्ययनले देखाएको निश्कर्ष प्रस्तुत गर्नुभयो । 

कार्यक्रमलाई संबोधन गर्दै कास्कूनका अध्यक्ष पनेरुले हिजोको तुलनामा आज समग्र महिलाहरु हरेक क्षेत्रमा सशक्त रहेको र चेतना स्तर बृद्धि भएको प्रष्ट पार्नुभएको थियो । महिलाहरुले आज प्रतिष्पर्धालाई स्वीकार्दै राज्यका विभिन्न तहमा र सहकारी क्षेत्रमा पनि निर्णायक सहभागिता सुनिश्चित गर्न दृढ भएर लाग्नुपर्छ, उहाँले भन्नुभयो, “दिगो विकास लक्ष्यका १७ आयामहरुमध्ये करिबन ५ बुँदामा सहकारीमार्फत सशक्तिकरण र समानताका विषयहरुलाई अगाडि बढाइएको छ, यसले सामाजिक न्याय र लैङ्गिक समानता मार्फत दिगो विकास सुनिश्चित गर्न सघाउ पुग्नेछ । 

कार्यक्रममा कास्कूनका सचिव शालिकराम पुडासैनीले सञ्चालन गर्नुभएको उद्घाटन सत्रमा संघकी सञ्चालक एवम महिला सशक्तिकरण उपसमिति संयोजक अनिता अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । 

कार्यक्रमको दोस्रो र तेस्रो सत्रमा क्रमशः राष्ट्रिय सहकारी बैंककी सञ्चालक सरिता भट्टराई र अधिवक्ता कुमारी खरेलले दुई छुट्टछुट्टै विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कास्कूनका उपाध्यक्ष नवराज अर्यालको अध्यक्षतामा सम्पन्न दोस्रो सत्रमा राष्ट्रिय सहकारी बैंककी सञ्चालक भट्टराईले सहकारी संस्थामा महिला सदस्यहरुको भूमिका र उद्यमशीलताको विकास विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने काठमाडौं जिल्ला समन्वय समितिकी उपप्रमुख सीता दाहाल र नेफ्स्कूनकी सञ्चालक मन्दरा मिश्रले कार्यपत्रमाथी टिप्पणी गर्नुभएको थियो । दोस्रो सत्रको कार्यक्रम सञ्चालन कास्कूनकी सञ्चालक विनिता अधिकारीले गर्नुभएको थियो । 

कास्कूनका कोषाध्यक्ष निरञ्जन सेढाइको अध्यक्षतामा सम्पन्न तेस्रो सत्रमा अधिवक्ता कुमारी खरेलले महिलाका संवैधानिक, कानुनी अधिकारहरु र सहकारीमा महिला सहभागिता विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने महिला शक्ति साकोसकी अध्यक्ष नानु बास्तोला र राष्ट्रिय सहकारी महासंघकी महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाङले कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियो । तेस्रो सत्रको कार्यक्रम सञ्चालन कास्कूनकी सञ्चालक सिमा पुरीले गर्नुभएको थियो । 

कार्यक्रमका सहभागी बक्ताहरुले महिलाहरुलाई सहकारीमार्फत उद्यमशीलता प्रवर्धनमा जोड्दै आर्थिक सशक्तिकरण र लैङ्गिक समतामूलक समाज निर्माणका लागि आआफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिएका थिए । राज्यका हरेक क्षेत्रमा सक्षम महिलाको खाँचो औल्याउँदै उनीहरुले नेतृत्व तहमा महिला सहभागिता सुनिश्चित गर्न अब ३३ प्रतिशतको घेरामा मात्र सीमित नभएर प्रतिष्पर्धा मार्फत सय प्रतिशतकै  खोजीमा लाग्नुपर्ने बताएका थिए । 

११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कास्कूनले आयोजना गरेको सामाजिक न्याय र लैंङ्गिक समानताः दिगो विकासको सुनिश्चितता विषयक गोष्ठीले जारी गरेको ७ बुँदे घोषणपत्रः

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र