मंगलबार, जेठ १
११:२१

काठमाडौं कर्ब्स तेस्रो क्लष्टरका साकोसहरुबीच असल सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न  

आईतबार, फागुन २२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । कदर बचत तथा ऋण सहकारी संस्था लि., न्यूरोड काठमाडौंको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम अन्तर्गत काठमाडौं तेस्रो क्लष्टरको दशौं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला शनिवार सम्पन्न भएको छ । आयोजक साकोसका अध्यक्ष बिरेन्द्र मान शाक्यको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल र विशेष अतिथि नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल हुनुहुन्थ्यो । 

प्रमुख अतिथि पौड्यालले संघले सञ्चालन गरेका गुणस्तर सुनिश्चितताका कार्यक्रमबारे जानकारी गराउँदै संस्थागत विकास र सुशासनमा स्तरीकरण कार्यक्रमको उपादेयतामाथि चर्चा गर्नुभयो । उहाँले साकोसहरुलाई प्रविधियुक्त बनाउन एकीकृत प्रविधि विकासमा नेफ्स्कूनले काम गरिरहेको बताउनुभयो । साकोसहरुले संस्थागत क्षमता विकास, मानव संशाधन विकास र गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले कार्यशालामा सहभागी साकोस प्रतिनिधिहरुलाई साकोसको संस्थागत विकास र वित्तीय सूचकहरुमा कार्ययोजना बनाएर अघि बढ्न आग्रह गर्नुभयो । साकोस सुरक्षा कवचको रुपमा रहेको स्थिरीकरण कोषमा योगदान गरी सुरक्षित रहन अनुरोध गर्दै सहभागीहरुको कोष सम्बन्धी जिज्ञासाहरुबारे प्रष्ट पार्नुभयो । 

कार्यक्रममा काठमाडौंका ८ साकोसः कदर साकोस, भृकुटीमण्डप साकोस, डल्लुएकता साकोस, खुशी खुशी साकोस, शुभसेवा साकोस, चौतारी साकोस, धादिङ मन्ड्ली साकोस र देग साकोसका प्रतिनिधिहरुबाट संस्थाको वित्तीय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोबिता मैनालीले सञ्चालक समिति र ब्यबस्थापन बिचको सम्बन्ध र भुमिकाका बिषयमा तथा कास्कूनका तालिम अधिकृत नवराज सुवेदीले बिभागबाट जारी ८८ बुदे एकीकृत निर्देशनका बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कून न्यूरोड फिल्ड इन्चार्ज मनोज कार्की पनि सहभागी हुनुहुन्थ्यो । कार्यशालामा सहभागी साकोसहरुले असल कार्यअभ्यासहरुको आदान प्रदान साथै आगामी कार्ययोजनाबारे जानकारी गराउँदै आगामी कार्यशाला २०७९ जेठ १७ गते शुभ सेवा साकोसको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा गर्ने निर्णय गरेको थियो ।  

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र