मंगलबार, जेठ १
०७:५३

मनकामना साकोस बनेपाको 'संस्थागत विकास तालिम' सौराहामा सुरु

शनिबार, फागुन २१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सौराहा । मनकामना बचत तथा ऋण सहकारी संस्था लि. बनेपा-५ को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको प्राविधिक सहयोगमा फागुन २१ गते देखि २३ गते सम्म सञ्चालन हुने संस्थागत विकास तालिम चितवनको सौराहमा सुरु भएको छ । संस्थाका सचिव होमनाथ ढुंगेलले कार्यक्रम सञ्चालन गर्नुभएको  कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष बालकृष्ण दाहालले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख आतिथ्यता नेफ्स्कूनका सदस्य सेवा विभागका प्रमुख गणेश प्रसाद तिमल्सिनाले गर्नु भएको थियो ।

त्यसैगरी, अतिथिको रुपमा मनकामना साकोसका लेखा समिति संयोजक मोट प्रसाद सापकोटा, नेफ्स्कूनका तालिम अधिकृत सुमन राज घिमिरे र संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहाल रहनुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष गोपाल प्रसाद घिमिरेले राख्नु भएकोगर्नुभएको थियो । उद्घाटन कार्यक्रममा नेफ्स्कूनका प्राचार्य गणेश प्रसाद तिमल्सिनाले रणनीतिक योजना बनाई सफल कार्यान्वयनमा सिंगो टिम लाग्दा संस्थाले ठुलै फड्को मार्ने बताउनुभयो । साथै संस्थागत सुशाासन र सदस्यता केन्द्रियतालाई कडाईका साथ पालना गर्नु पर्ने उहाँले बताउनुभयो । तालिममा मनकामना साकोसका २० जनाको सहभागिता छ । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र