मंगलबार, जेठ १
१०:३७

नेफ्स्कूनको आयोजनामा कैलालीमा 'वस्तु तथा सेवा निर्माण तालिम'

शनिबार, फागुन २१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

कैलाली । नेफ्स्कून सुर्खेत फिल्ड कार्यालयको आयोजनामा वस्तु तथा सेवा निमार्ण तालिम फागुन २० गतेबाट कैलालीमा सुरु भएको छ । कर्णाली चिसापानीमा आयोजित उक्त तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि महासचिव अधिकारीले नेफ्स्कूनका सेवा व्यवसायको चर्चा गर्दै संघमा आबद्ध भई यसका सेवा व्यवसायमा सक्रिय सहभागिताका लागि आग्रह गर्नुभयो । उहाँले नेफ्स्कूनले सदस्य संस्थाहरुलाई सदैब केन्द्रमा राखेर आफ्ना नीति तथा कार्यक्रमहरु तय गर्ने र आवश्यक मुद्दाहरुमा सघन बहसपैरवी गर्ने भन्दै सञ्जाल सहकार्यलाई सबै साकोसहरुले प्राथमिकतामा राख्नुपर्नेमा बिशेष जोड दिनुभयो ।

तालिममा सुर्खेत, बाँके कैलाली र कन्चनपुरका बचत तथा ऋण सहकारीका २५ जनाको सहभागिता छ ।  नेफ्स्कूनले  साकोसका व्यवसायलाई लक्षित गरी व्यवस्थापक र शाखा प्रमुखहरुको क्षमता विकासका लागि तालिम आयोजना गरेको हो । तालिम सहजकर्ता नेफ्स्कूनका प्राचार्य सन्जयराज तिमिल्सिना रहनुभएको छ ।  उहाँले तालिमको उद्देश्य र यसबाट प्राप्त हुने लाभका बारेमा उद्घाटन कार्यक्रममा जानकारी गराउनुभएको थियो । तालिम व्यवस्थापन नेफ्स्कून सुर्खेत फिल्ड कार्यालय इन्चार्ज मदन कुमार चन्दले गर्नुभएको छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र