बुधबार, जेठ २
१२:०४

ब्रान्डिङ कार्यक्रमले क्रेडिट युनियन ‘कल्चर’ विकास गरेको छ

शनिबार, फागुन २१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले संघले सञ्चालन गरेका ब्रान्डिङ कार्यक्रमले क्रेडिट युनियन ‘कल्चर’ विकास गरेको दाबी गर्नुभएको छ । स्तरीकरण कार्यक्रम संस्थागत विकास र सुशासनका लागि भएको बताउदै दुबै आयाममार्फत बैशिष्ट्य क्रेडिट युनियन कल्चर विकास हुने उहाँले बताउनुभयो । फागुन २० गते प्रोवेसन बागमती क्लष्टर दोस्रोको १७ औं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशालामा बोल्दै प्रमुख अतिथि पौड्यालले अहिलेको युग प्रविधिको भएकोले नेफ्स्कूनले साकोसहरुलाई प्रविधियुक्त बनाउन योजनाबद्ध प्रविधि विकासमा लागिरहेको र साकोसहरुले छिट्टै नतिजा पाउने खुलासा गर्नुभयो । उहाँले साकोसहरुले वित्तीय अवसर र पहुँच सिर्जनालाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिनुभयो । ज्ञानज्योति महिला उत्थान साकोस, शंखमुल काठमाण्डौंको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोग रहेको कार्यशालाको अध्यक्षता आयोजक साकोसकी अध्यक्ष बिना बुधाचार्यले गर्नुभएको थियो ।

कार्यशालाका अतिथि नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोख्रेलले अब साकोसहरुले प्रविधिमा जानुपर्ने र त्यसका लागि नेफ्स्कूनले प्लेटफर्म बनाउने कार्य गरिरहेको बताउनुभयो । उहाँले व्यवस्थापन र संचालक समितिको आ–आफ्नै भूमिका र जिम्मेवारी रहेको हुँदा सोही बमोजिम कार्य गर्नुपर्ने बताउनुभयो । संस्थाहरुले योजनाबद्ध तरिकाले आफ्नो कार्यहरु गर्नुपर्ने भन्दै उहाँले अप्रत्यासित बाधहरुमा पनि सेवा निरन्तरताको लागि सेवा निरन्तरता योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो । प्रमुख कार्यकारी अधिकृत पोख्रेलले संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिमा आउँदै गर्दा ‘फिट एण्ड प्रपर टेष्ट’ गर्ने व्यवस्था गरेर जानुपर्नेमा जोड दिनुभयो ।

काभ्रे, काठमाण्डौं, भक्तपुर र ललितपुरका १० ओटा साकोसका ४० जना सहभागी कार्यक्रममा नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमिल्सिना र सहजकर्ता कार्यक्रम अधिकृत कोमल राज अधिकारीको पनि उपस्थिति थियो ।  कार्यशालामा १० ओटा साकोसहरुले गरिरहेको अभ्यासहरु आदन प्रदान गर्नुका साथै संस्थागत विकास, गुणस्तरीय सेवा, सुशासन र सदस्यमैत्री सेवा संचालनका विषयमा विविध निर्णयहरु गर्दै आगामी १८ औं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला ०७९ वैशाख २३ गते ठेचो महिला जागरण साकोस ललितपुरको आयोजना र नेफ्स्कूनको प्राविधि सहयोगमा गर्ने निर्णय गर्दै सम्पन्न भएको थियो ।  

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र