शनिबार, जेठ ५
०७:५४

५० साकोसका लागि नेफ्स्कूनको व्यवसाय निरन्तरता तालिम

शनिबार, भदौ २७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं, भदौ २७ । नेफ्स्कूनले काठमाडौं, काभ्रे, धादिङ क्षेत्रका गुणस्तर सुनिश्चितता (प्रोवेशन र कर्बस्) कार्यक्रममा आबद्ध साकोसहरु लक्षित व्यवसाय निरन्तरता योजना (बीसीपी) कार्यशाला गोष्ठी भर्चुअल रुपमा सम्पन्न गरेको छ । भदौ २५ देखि २७ गतेसम्म संचालित ३ दिने कार्यशालामा ५० साकोसका ७७ जनाको सहभागिता थियो । कोभिड–१९ ले सदस्य, कर्मचारी र संस्थामा पारेको असर, सम्भावित जाखिम, त्यसको स्तर र न्यूनीकरण उपाय आदि बारेमा कार्यशालमा विश्लेषण भएको थियो ।

नेफ्स्कूनका वरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्लेले सहजीकरण गर्नु भएको कार्यशालमा साकोसको सदस्यहरुलाई सेवा निरन्तरताको विकल्प सहितका रणनीतिहरुको विकास, सदस्यसँगको दिगो सम्बन्धका रणनीतिहरु, सदस्यले ऋण तिर्न सक्ने क्षमता मापन र विश्लेषण, सदस्यमा प्रभाव अध्ययनका लागि सर्वेक्षण विधिहरु, वास्तविक सम्पत्ति गणना अभ्यास, तरलताको पूर्वानुमान, मनोसामाजिक परामर्श, आकस्मिक कोष बचत, स्वास्थ्य सुरक्षा मापदण्ड पालना, कर्मचारी कार्यढाँचा, सुशासन र कानूनी परिपालनाको कार्यान्वयन एवम् फरक परिस्थितिमा अपनाउनु पर्ने नीतिगत एवम् कार्यगत लचकता र सावधानिका विषय समेटिएका थिए ।

 

 

 

 

 

 

कार्यक्रम उद्घाटन गर्दै नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले असहज परिस्थितिमा समेत केन्द्रीय अभिभावक संघले विभिन्न तालिम तथा कार्यक्रम मार्फत अभियानलाई जाडिरहेको बताउनु भयो । उहाँले अभियान र नियामक नियकायहरु बीच अहिलेको फरक परिस्थितिमा कसरी साधारणसभा संचालनका गर्न सकिन्छ भन्ने बारे छलफल भइ रहेकोले छिटै निर्णय हुने अपेक्षा राखिएको जानकरी गराउनुभयो । 
नेफ्स्कूनमा आबद्ध सम्पूर्ण साकोसहरुले सदस्य र कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राखी सुरक्षाका सम्पूर्ण उपायहरु अवलम्बन गरी सेवा र साकोसको नियमित गतिविधिहरुलाई निरन्तर फरक तरिक अपनाएर संचालन गर्नु पर्ने आवश्यक कोषाध्यक्ष पनेरुले औल्याउनुभयो ।
सहभागीहरुले समय सान्दर्भिक व्यवसाय निरन्तरता योजनाले फरक अवस्थामा सदस्य, कर्मचारी र संस्थामा आउन सक्ने जोखिम विश्लेषण गर्दै व्यावसायिक रणनीतिक योजना र वार्षिक योजनाका उद्देश्य प्राप्तिमा सघाउ पुर्याउने बताउनु भएको थियो ।  
कार्यशालाको समापनमा नेफ्स्कूनका कायम मुकाय प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले यस विषम परिस्थितिमा समेत साकोसहरुले व्यवसाय निरन्तरता योजना बनाई सुरक्षाको सम्पूर्ण उपायहरु अपनाउदै नियमित कामलाई निरन्तरता दिन अनुरोध गर्नु भयो । उहाँले साकोसको सम्पूर्ण सदस्य बलियो भएमा साकोस बलियो हुने, साकोस बलियो र दिगो भए संघहरु बलियो र दिगो हुने भएकोले सबैमा सद्भावपूर्ण सहकार्यको आवश्यकता भएको बताउनु भयो । कामु प्रमुख कार्यकारी अधिकृत पोखरेलले योजनामा समोवश लक्ष्य प्राप्तिको विकल्प नभएकोले फरक परिस्थितिमा फरक रणनीतिका साथ काम गर्न कार्यशालाले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा प्रविधि बिनाको सेवा अधुरो हुने भएकोले नेफ्स्कूनले यस विषयमा अध्यायन गरी सकेकोले छिटै नीतिगत निर्णय गरी कार्यान्वयनमा जाने समेत प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रम सहजिकरण एवम् संचालन सहयोग नेफ्स्कूनका कार्यक्रम अधिकृत रामकृष्ण भट्टराईले गर्नुभएको थियो । सहभागीहरुले आगामी १० गते भित्र आ–आफ्नो संस्थाको व्यवसाय निरन्तरता योजना पेश गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । संघले आगामी असोज १३ गते ग्रयाजुएसन् कार्यक्रम आयोजना गरी सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्ने छ ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।