मंगलबार, वैशाख २५
०१:५७

नेफ्स्कूनको आयोजनामा 'रणनीतिक समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम' सौराहामा प्रारम्भ

शनिबार, फागुन १४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कूनले आयोजनामा 'रणनीतिक समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम २०७८' आज अपरान्ह चितवनको सौराहामा सुरु भएको छ । नेफ्स्कूनले अवलम्बन गरेको रणनीति अन्तर्गत हालसम्म प्राप्त उपलब्धिहरुको समिक्षा सँगै संघमा कार्यरत मानव संशाधन (फिल्ड कार्यालयका प्रमुखहरु लक्षित) को क्षमता विकासका लागि आयोजित ३ दिने कार्यक्रमको संघका अध्यक्ष परितोष पौड्यालले एक समारोह बीच उद्घाटन गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेश भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव बलराम निरौला, नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारी, महासचिव दामोदर अधिकारी, कोषाध्यक्ष दिपक पनेरु, लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटा, सञ्चालक एवम् नेफ्स्कून चितवन फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक विद्या कोइराला, सदस्यहरु गोपाल प्रसाद गौतम, प्रेम कृष्ण खनाल, दिपक राज खनाल, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, व्यवसाय विभाग प्रमुख दुर्गा प्रसाद ढकालसँगै संघको देशैभरिका फिल्ड कार्यालयका इन्चार्जहरुको सहभागिता छ ।

कार्यक्रममा संघका अध्यक्ष पौड्यालले नेफ्स्कून सिकाइको केन्द्र भएको चर्चा गर्दै यसले अवलम्बन गरेका अभ्यासहरु सहकारी र साकोस अभियानका राष्ट्रिय अन्तराष्ट्रिय समुदायले अनुकरण गर्ने गरेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेफ्स्कून एकेडेमी हो, महाविद्यालय हो । त्यसैकारण यसमा कार्यरत स्मार्ट मानव संशाधनले सिकाइ र वृद्धिलाई सँगै लानुपर्छ ।’ उहाँले साकोस अभियानको विश्व परिवेश र प्रविधिकरणको द्रुत विकासलाई आधार मानेर मानव संशाधनले आफुलाई तिखार्दै र निखार्दै लानुपर्ने आवश्यकता औल्याउनुभयो । ‘सबैभन्दा मुख्य कुरा हो शिक्षा, शिक्षा, शिक्षा,’अध्यक्ष पौड्यालले भन्नुभयो, ‘ निरन्तरको सिकाइका माध्यमबाट नेफ्स्कूनको मानव संशाधन अब्बल र अनुकरणीय बन्नुपर्छ । त्यसैले लर्न एन्ड लीड ।’ यसैगरी, उहाँले स्तरीकरण, स्थिरीकरणसँगै साकोस ऐनको उपादेयता र हाल भैरहेका नयाँ उपलब्धिहरुको बारेमा पनि जानकारी गराउनुभएको थियो भने सरकार र अभियानबीचको बढ्दो घनिष्ठ सम्बन्धको चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा बागमती प्रदेश भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव बलराम निरौलाले सरकार सहकारी अभियान मिलेर अघि बढ्नुपर्ने बताउनुभएको थियो । उहाँले वित्तीय सुशासन, व्यवस्थापन सुशासन र सदस्य केन्द्रीयता गरी सुशासनका ३ वटा आयामबारे चर्चा गर्दै यी विषयलाई नेफ्स्कूनले पनि बिशेष महत्व दिएको उल्लेख गर्नुभयो । सचिव निरौलाले सहकारी भित्र सुशासन कायम गर्न सरकार र अभियान मिलेर काम गर्नुपर्ने भन्दै नेफ्स्कूनले सुरु गरेका कतियप अभ्यासहरु सरकार र सरकारले विकास गरेका कतिपय कुराहरु सहकारी अभियानले लागू गरेको भन्दै उहाँले दुई बिचको अन्तर्निहित सम्बन्धको चर्चा गर्नुभयो ।

यसैगरी, नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले सरकार र अभियानबीच सम्बन्ध प्रगाढ बन्दै गएको र पछिल्लो समय सहकारी विभागले जारी गरेको ८८ बुँदे मागनिर्देशनले बचत तथा ऋण सहकारीहरुको धेरै कुराहरु सम्बोधन गरेको बताउनुभयो । उहाँले सदस्यको इच्छा र चाहना प्रतिबिम्बित हुने गरी संघको मानव शंसाधनले थप सक्रियता र इमान्दारीका साथ जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिनुभयो । ‘सदस्य सेवा प्रमुख काम हो’ उपाध्यक्ष अधिकारीले भन्नुभयो ।

कार्यक्रममा नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले काममा टीम वर्क (सामुहिक भाव), ट्रस्ट (विश्वास) र ट्रान्सपरेन्सी (पारदर्शिता) आवश्यक हुने बताउँदै कर्मचारीहरुले यी विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो । उहाँले सदस्यहरुलाई केन्द्रमा राखेर काम गर्नाले जस्तो सुकै संकटको पनि सहज सामना गर्न सकिने विश्वास दिलाउनुभयो । ‘सदस्यले माया गर्दा तरलता संकट पनि हुँदैन’ महासचिव अधिकारीले भन्नुभयो, ‘जस्तोसुकै संकटको अवस्थामा पनि नेफ्स्कूनको सेवामा कुनै कमी आएको छैन ।’ यसैगरी उहाँले नेफ्स्कूनको रणनीतिक मार्गचित्र अनुरुप साझा सञ्जालको महत्वलाई घनीभूत रुपमा अघि बढाइएको चर्चा गर्दै सञ्जालीकरणले दुबै पक्षलाई लाभ हुने बताउनुभयो ।

नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले नेफ्स्कूनको गौरवपूर्ण इतिहास स्मरण गर्दै मानव संशाधनले संघको वृद्धि र विश्वासका लागि थप सक्रिय भएर जिम्मेवारीहरु पूरा गर्नुपर्ने बताउनुभयो । फिल्ड कार्यालयहरुको जिम्मेवारी एकदमै महत्वपूर्ण हुने भन्दै प्रतिस्पर्धामा खरो उत्रने गरी काम गर्न पनि उहाँले सबैलाई आग्रह गर्नुभयो । कोषाध्यक्ष पनेरुले नेफ्स्कूनको मानव संशाधन सबै भन्दा अब्बल हुनुपर्ने भन्दै उहाँले सबैले आफ्ना भूमिकाहरुलाई थप संवेदनशीलताका साथ लिई नतिजामुखी काम गरेर देखाउनुपर्नेमा सबैको ध्यानाकर्षण गराउनुभयो ।

यस्तै, नेफ्स्कूनका लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटाले नेफ्स्कूनलाई जीवन्त राख्ने मेरुदण्ड कर्मचारीहरु भएको बताउँदै संघलाई थप उर्जाशील बनाउन कर्मचारीहरुको थप मिहेनत र लगाव आवश्यक भएको उल्लेख गर्नुभयो । उहाँले सुशासनको पक्षलाई संघले उच्च महत्व दिएको बताउँदै कर्मचारीहरुलाई पनि त्यस विषयमा बिशेष हेक्का राख्न आग्रह गर्नुभयो । संयोजक सापकोटाले सौराहाको ३ दिने बसाइपछि थप उर्जा प्राप्त गरेर कर्मचारीहरु काममा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेफ्स्कूनकी सञ्चालक विद्या कोइरालाले स्वागत मन्तव्य राख्दै साकोस अभियानलाई अघि बढाउन संघले थप सशक्त कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताउनुभयो । उहाँले संघको ध्येय, परिकल्पना र उद्देश्य अनुरुपका गतिविधिहरुलाई निरन्तरता दिदाँ सदस्य सेवामा ईटा थपिने धारणा राख्नुभयो । कार्यक्रम सञ्चालन संघका व्यवसाय विभाग प्रमुख दुर्गा प्रसाद ढकालले गर्नुभएको थियो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र