मंगलबार, वैशाख २५
०६:४२

म्यानेजर्स क्यूरीको प्रथम बैठक सम्पन्न

शुक्रबार, फागुन १३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । म्यानेजर्स क्यूरीको प्रथम बैठक आज काठमाडौंमा सम्पन्न भएको छ । म्यानेजर्स क्यूरी नेफ्स्कून-साकोस म्यानेजर्स क्लबलाई आवश्यक सर सल्लाह सुझाव प्रदान गर्ने स्थायी प्रकृतिको ५ सदस्यीय विज्ञ सल्लाहकार समूह हो । क्यूरीको वर्तमान संयोजक एवम् रुपन्देहीस्थित कोलिय देवदह साकोसका प्रमुख कार्यकारी अधिकृत विनोद पराजुलीको अध्यक्षतामा बसेको बैठकमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत एवम् नेफ्स्कून–साकोस म्यानेजर्स क्लबका संरक्षक प्रकाश प्रसाद पोखरेलको बिशेष उपस्थिति रहेको थियो ।

क्यूरीको आजको बैठकमा सदस्यहरु थानकोटस्थित चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठ, नवलपुरस्थित विकू साकोसका प्रमुख कार्यकारी अधिकृत माधव पौडेल र ललितपुरस्थित कल्याणकारी साकोसका प्रमुख कार्यकारी अधिकृत कुमार खत्री सहभागी हुनुभएको थियो । क्यूरीको अर्का एक सदस्य काभ्रेको सामुदायिक साकोसका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेत हुनुहुन्छ ।

यसैगरी आजको बैठकमा नेफ्स्कून–साकोस म्यानेजर्स क्लबका संयोजक दोलखास्थित हाम्रो जनकल्याण साकोसका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेत, नेफ्स्कूनका व्यवसाय विभाग प्रमुख दुर्गा प्रसाद ढकाल, बरिष्ठ अधिृकत प्रेम वाग्ले, व्यवसाय अधिकृत सौभाग्य भट्टराईको पनि उपस्थिति थियो ।

बैठकले साकोस म्यानेजर्स क्लबले आगामी दिनमा गर्नुपर्ने कामहरुका बारेमा विभिन्न सुझावहरु प्रस्तुत गरेको छ । क्यूरीले सहकारी क्षेत्रमा अनुसन्धान तथा विकासको टड्कारो आवश्यकता बोध गर्दै क्लबले यसमा चिरस्थायी काम गर्नुपर्ने भन्दै त्यसका लागि आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यस्तै, मानव संशाधन सम्मेलनको पनि आवश्यकता रहेको भन्दै यसका लागि क्लबलाई आग्रह गर्ने र क्यूरीको तर्फबाट सहयोग गर्ने, साकोसमा काम गर्नेहरुको व्यावसायिक विकासमा सहयोग गर्ने खालका कामहरु गर्न पनि क्यूरीले क्लबलाई सुझाएको छ । बैठक आज साँझ नयाँ बानेश्वरमा आयोजना गरिएको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र