सोमबार, वैशाख २४
१०:१०

सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकियो

शुक्रबार, फागुन १३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । सहकारी विभागले सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकेको छ । आज बसेको सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठकले १६ प्रतिशत ब्याजदर तोकेको सन्दर्भ ब्याजदर निर्धारण समितिका सदस्य एवम् नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले जानकारी गराउनुभयो । पटक पटक सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक बसेको भए पनि निस्कर्षमा पुग्न सकेको थिएन । सहकारीले अभियानले बैंक तथा वित्तीय संस्थामा देखा परेको तरलता अभाव तथा बढेको ब्याजदर र सहकारीमा क्यापिङको रुपमा रहेको १४.७५ प्रतिशत सन्दर्भ ब्याजदरले गर्दा सम्पत्ती दायित्व व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको भन्दै दबावमूलक अभियान संचालन गरेको थियो । सहकारी विभागले गठन गरेको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले शुक्रबार आगामी फागुन १५ गतेदेखि लागु हुने गरी उक्त निर्णय गरेको हो । 

आजको सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठकमा राष्टिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेललाई समेत आमन्त्रण गरिएको थियो । सो बैठकले अब चार÷चार महिनामा नियमित रुपमा बैठक बसी सन्दर्भ ब्याजदरको विषयमा छलफल गर्ने निर्णय समेत गरेको छ । ‘बजारमा ब्याजदर बढ्दै गएमा फेरी तत्काल बैठक बसी निर्णय गर्ने समेत सहमति भएको हो । यस अघि सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत तोकिएको थियो । यस अघि प्राविधिक उपसमितिको बैठक बसेको थियो । सहकारी संस्थाहरुका लागि तोकिने सन्दर्भ ब्याजदर सहकारी संस्थाहरका लागि निर्देशक ब्याजदरका रुपमा रहेन व्यवस्था छ । आज धेरै छलफल पछि सरकार र अभियानबीच १६ प्रतिशतमा सहमत भएको हो । 

शुक्रबार बिहानदेखि ब्याजदर अध्ययन गर्न प्राविधिक उप समितिमा छलफल भएको थियो । प्राविधिक समितिले पछिल्लो तथ्यांकका आधारमा छलफल गरी सहकारीको सन्दर्भ ब्याजदरको टुङ्गो लगाएको हो । प्राविधिक उपसमितिका सदस्य एवम् नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले समितिले प्राविधिक छलफलका लागि बल उपसमितिकै कोर्टमा उपलब्ध गराएको स्थितिमा आज बिहान थप छलफल भएको बताउनुभयो । उहाँले इन्फ्लेसन रेट, राष्ट बैंकले जारी गरेको निर्देशन, तरलताको स्थिति आदि कारणले ब्याजदर बढाउन आवश्यकता भएको निष्कर्ष उपसमितिको रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, 'बजारको आधारमा ब्याजदर स्वचालित निर्धारण हुने व्यवस्था कायम गरिनुपर्छ । आधार दर अनुसार ब्याजदर कायम गरिनुपर्छ ।'

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र