सोमबार, वैशाख २४
०८:१५

हातेमालो साकोस बाराको आयोजनामा सिकाइ व्यवस्थापन कार्यशाला

शुक्रबार, फागुन १३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

हातेमाले बचत तथा ऋण सहकारी संस्था लि., सिमरा बाराको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा प्रोवेसन (पूर्ण तथा व्यवसायी साकोस विकास कार्यक्रम) मध्य तराई क्लस्टर चाथौै समुहको १२ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्याशाला कार्यक्रम २०७८ फाल्गुन १२ गते साकोसको सभाहलमा संस्थाका अध्यक्ष यज्ञ बहादुर आलेको सभापतित्वमा, जितपुर सिमरा उपमहानगरपालिका  नगर प्रमुख डा कृष्ण पौडेलको प्रमुख आतिथ्यता, नेफ्स्कून सञ्चालक हरेराम पटेलकोे विशेष अतिथ्यतामा उक्त क्लस्टरमा आवद्ध सर्लाही र बारा जिल्लाका १० वटा साकोसका प्रोवेशन कार्यदल प्रतिनिधि तथा व्यवस्थापकहरुको सहभगितामा एवं आयोजक  साकोसका सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिको उपस्थ्तििमा, नेफ्स्कूनका कार्यक्रम अधिकृत विदुर खड्काको सहजिकरणमा सम्पन्न भएको छ ।


    

कार्यक्रमका प्रमुख अतिथि डा कृष्ण पौडलले कार्यशालामा सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गरि नतिजामुखी कार्य गर्न र आफ्नो जिम्मेवारी प्रति निरन्तर उत्तरदायी हुन सम्पूर्ण व्यवस्थापकलाई उत्प्रेरणात्मक मन्तव्य राख्नुभएको थियो । साथै नेफ्स्कूनका सञ्चालक हरेराम पटेलले स्थिरीकरण कोषमा सबैको सहभागीताका लागि अनुरोध गर्दे कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । उक्त कार्यशालामा आवद्ध सहकारीका व्यवस्थापकहरुले आ–आफ्नो संस्थाको वित्तिय विवरण प्रस्तुतिकरण गर्दै त्यहाँ भएको कमिकमजोरीहरुलाई आँैल्याउदै सुधार गर्ने कुराहरु कार्यक्रममा सहजकर्ता श्री बिदुर खड्काले सुझाव दिनुभएको थियो । आगामी कार्यक्रमको आयोजना तामागढी साकोस बाराले आयोजना गर्ने गरी व्यवस्थापक बासुदेव घिमिरेलाई माइन्युटहस्तान्तरण गरिएको थियो । अन्तिममा हातेमालो साकोसका अध्यक्ष यज्ञ बहादुर आलेले समापन मन्तव्य राखी कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालन हातेमालो साकोसका सञ्चालक सदस्य इद्रिस मियाले गर्नुभएको थियो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र