मंगलबार, जेठ १
१०:१२

साकोसका ऋण अधिकृतहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

शुक्रबार, फागुन १३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

 नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी  संघको फिल्ड कार्यालय रुपन्देहीको आयोजनामा रुपन्देही जिल्लाको छपियामा तीन दिवसीय साकोसका ऋण अधिकृतहरुको क्षमता अभिवृद्धि तालिम हिजो सम्पन्न भएको छ । नेफ्स्कूनका संञ्चालक सन्दीप सापकोटाको अध्यक्षतामा उक्त आवासीय तालिम समापन भएको थियो ।

समापन सत्रका सभा अध्यक्ष एवंम नेफ्स्कूनका संञ्चालक सापकोटाले तालिममा समापन भए पनि बास्ततिक सुरुवात कार्य क्षेत्रमा अभ्यास पश्चात मात्र हुने धारणा राख्नुभयो । ऋण अधिकृतको साकोसको पैसा परिचालनमा महत्वपूर्ण भुमिका रहने भएकोले पनि तालिम पश्चात सहभागी संस्थाको ऋणको गुणस्तर र प्रभावकारी लगानी हुने विश्वास व्यक्त गर्नुभयो ।

फागुन १० गते देखी संञ्चालन भएको तालिममा लुम्बीनि प्रदेशका ७ वटा जिल्ला बाट २५ वटा साकोसका २२ जना पुरुष र ७ जना महिला गरी २९ जना ऋण अधिकृत तथा उच्च व्यवस्थापनको सहभागिता रहेको थियो । ३ दिन सम्म संञ्चालन भएको तालिमको सहजीकरण संघका सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमल्सिना, सिद्धार्थ न.पा. भैरहवाका शाखा अधिकृत (सहकारी दर्ता अधिकारी) कमलकान्त खनाल र फिल्ड कार्यालय इन्चार्ज छत्र प्रसाद धमालाले सहजीकरण गर्नु भएको थियो । CULCC तालिम संघले संञ्चालन गर्ने उच्च स्तरको तालिम हो ।

सहभागीहरुले तालिम समय सान्दर्भिक र प्रभावकारी भएको र यस प्रकृतिका तालिमहरुलाई निरन्तरता दिन अनुरोध गर्नु भयो । समापन सत्रमा सहभागीहरुको तर्फबाट कोलिय देवदह साकोसका सह व्यवस्थापक बुद्धी सागर अर्याल र जनता समझौता साकोसकी व्यवस्थापक कला डुम्रे भटराइले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम संञ्चालन नेफ्स्कूनका फिल्ड कार्यालय इन्चार्ज छत्र प्रसाद धमलाले गर्नु भएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र