बुधबार, जेठ २
०४:०१

धादिङस्थित स्वस्तिक साकोसको आयोजनामा सिकाइ व्यवस्थापन कार्यशाला 

शुक्रबार, फागुन १३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

धादिङ । स्वस्तिक साकोस धादिङको आयोजना तथा नेफ्स्कून एवम् जिल्ला बचत  संघ धादिङको प्राविधिक सहयोगमा कर्ब्स धादिङ समूहको १३ औं कार्यकुशलता तथा सिकाइ ब्यवस्थापन कार्यशाला गोष्ठी फागुन १२ गते ज्वालामुखी-२ मैदी, धादिङमा सम्पन्न भएको छ । गोष्ठीको अध्यक्षता स्वस्तिक साकोसका अध्यक्ष मदन कुमार श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख अतिथि ज्वालामुखी-२, धादिङका वडाध्यक्ष रन बहादुर शाही रहनुभएको थियो । कार्यक्रम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दिप राज ढकाल एवम् जिल्ला बचत संघका प्रमुख ब्यवस्थापक गोकर्ण दुवाडिले गर्नुभएको थियो । गोष्ठीमा धादिङ कर्ब्स समूहका ७ साकोसको सहभागिता थियो । 

सहकारी विभागले हालै जारी गरेको ८८ बुँदे एकीकृत सहकारी निर्देशिका २०७८ का सम्बन्धमा छलफल भएको गोष्ठीमा बिशेषतः सहभागी साकोसहरुले संस्थागत कार्यप्रगति प्रतिवेदन प्रस्तुत तथा सिकाइ आदानप्रदान गरेका थिए ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र