मंगलबार, जेठ १
०४:२५

जिल्ला सहकारी संघ काठमाण्डौंद्वारा रजिष्ट्रारलाई ६ बुँदे ज्ञापन पत्र

बुधबार, फागुन ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । जिल्ला सहकारी संघ लि.काठमाण्डौंले सहकारी संघ संस्थाहरुको संरक्षण र सम्बर्धन तथा सहकारीका विद्यमान समस्या यथाशिघ्र समाधानका लागि ६ बुँदे ध्यानाकर्षण सहित सहकारी विभागका रजिष्ट्रारलाई आज ज्ञापन पत्र बुझाएको छ । सहकारी अभियानको तर्फबाट हालको तरलताको विषम अवस्था तथा वित्तिय बजारको बिद्यमान अवस्थालाई मध्यनजर राख्दै सन्दर्भ व्याजदर पुनरावलोकनको लागि पटकपटक लिखित तथा मौखिक जानकारी गराएकोमा सम्बन्धित निकायबाट उक्त विषयमा सुनुवाई नभई समग्र सहकारी अभियानमा असर परेको भन्दै जिल्ला संघ काठमाण्डौंको अगुवाईमा सहकारी विभागका रजिस्ट्रार रुद्र प्रसाद पण्डित लाई ज्ञापन पत्र बुझाइएको हो । जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञान बहादुर तामाङ लगायत संघका पदाधिकारी साथै सहकारी अभियन्ताहरुले रजिष्ट्रार पण्डितलाई विभाग परिसरमा भेटी ज्ञापन पत्र बुझाउनुभएको हो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र