बुधबार, जेठ २
०४:३५

चितवनमा उच्चस्तरीय वित्तीय व्यवस्थापन तालिम सुरु

मंगलबार, फागुन १०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) टाँडी सेवा केन्द्र चितवनको आयोजनामा ३ दिने उच्चस्तरीय वित्तीय व्यवस्थापन तालिम फागुन १० गते रत्ननगर, टाँडीमा सुरु भएको छ । कार्यक्रममा नेफ्स्कून सञ्चालक सदस्य तथा फिल्ड कार्यालय चितवन संयोजक विद्या कोईरालाको अध्यक्षता, नेफ्स्कून उपाध्यक्ष शान्ति अधिकारीको प्रमुख आतिथ्यता, नेफ्स्कून चितवन फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य प्रेमकृष्ण खनालको उपस्थितिमा रत्ननगर र भरतपुरका २६ साकोसका १३ पुरुष र बाँकी महिला गरी २६.जनाको सहभागिता छ ।

 

कार्यक्रममा प्रमुख अतिथि र अतिथिले सहकारी सदस्यहरुको माग र बदलिदो परिस्थिती अनुरुप आवश्यकता महसुस भई संघले पनि समय सापेक्ष तालिम प्रदान गर्दै आएको जानकारी गराउनु भयो । सहकारी अभियानमा नेफ्स्कूनले अग्रणी भूमिका निर्वाह गरिरहेको, तरलता अभावमा सदस्य संस्थाहरुलाई तरलता व्यवस्थापन गरिएको, नविनतम प्रविधिको सवालमा सदस्यहरुको मागलाई मध्यनजर गरी नयाँ कम्पनी रारा ल्याव सगं समन्वय गरी साझेदारीमा कोष खडा गरी आवश्यकता अनुसारको सफ्टवेयर निर्माण कार्य अन्तिम चरणमा रहेको समेत जानकारी गराउनुभयो । हाल विद्यमान तरलता अभावमा सम्पूर्ण सदस्य सस्थाहरुलाई यस अभियानमा नै संस्थाको तरलता संघमा व्यवस्थापन गर्न आग्रह समेत गर्नुभएको थियो र अन्त्यमा यी र यस्ता अन्य किसिमका तालिमहरुलाई निरन्तरता दिने समेत प्रतिवद्धता जाहेर गर्नुभएको थियो । हाल सहकारी विभागबाट जारी गरिएको ८८ बुदे मार्ग निर्देशिका अध्ययन गरी कार्यन्वयन गर्न समेत सुझाव पेश गर्नुभएको थियो । स्वागत मन्तव्यव चितवन फिल्ड व्यवस्थापन उप समिति सदस्य प्रेमकृष्ण खनालले राख्नुभएको थियो ।

कार्यक्रममा उच्च स्तरीय वित्तीय व्यवस्थापन विषयमा पहिलो दिन तालिम सहजकर्ता जिवलाल तिवारीले वित्तीय व्यवस्थापन अन्तर्गत ऋण व्यवस्थापनमा हुने समस्या र समाधानका साथै सहकारी संस्थाहरुमा भएका द्विविधा र चर्चामा रहेका सन्दर्भहरुको विषयमा प्रस्तुत गुर्नभएको थियो भने कार्यक्रम सञ्चालन चितवन फिल्ड कार्यालय इन्चार्ज रिषभराज रेग्मीले र व्यवस्थापन टाँडी सेवा केन्द्र कार्यालय, चितवनमा कार्यरत कर्मचारीहरुले गर्नुभएको थियो भने कार्यक्रम अधिकृत सुरज चालिसेको समेत उपस्थिति रहेको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र