मंगलबार, जेठ १
०३:११

सन्दर्भ ब्याजदर निर्धारण समितिको अर्को बैठक पर्सी

मंगलबार, फागुन १०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । सहकारीको ब्याजदर पुनरावलोकन गर्न सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको अर्को बैठक पर्सी बिहिवार बस्ने भएको छ । ब्याजदर अध्ययन प्राविधिक उपसमितिले दिएको प्रतिवेदन थप अध्ययनका लागि समय आवश्यक भएकोले अर्को बैठक २ दिनपछि बस्ने सहमति आज भएको हो । सहकारीको सन्दर्भ ब्याजदर पुनरावलोकनका विषयमा आज सहकारी विभागमा करिब ३ घण्टा समितिको बैठक बसेको थियो ।  सरकारी पक्षका सदस्यहरुले उप समितिले बुझाएको प्रतिवेदन थप अध्ययन गर्न समय माग गरेपछि बैठक २ दिनपछि बस्नेगरी टुंगिएको हो । समितिको बैठकमा संयोजक, केन्द्रीय बैंक, अर्थ मन्त्रालय र सहकारी मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सरकारी पक्षका सदस्यहरु फेरिएका कारण नयाँ सदस्यहरुले प्रतिवेदन अध्ययनका लागि समय माग गरेका हुन् । समितिका बैठक पूर्व आज बिहान ११ बजेदखि नै सहकारी परिसरमा सहकारीकर्मीहरु भेला भएका थिए । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र