शनिबार, जेठ ५
११:१२

पूर्वका ४५ साकोसका लागि नेफ्स्कूनको बीसीपी तालिम 

शुक्रबार, भदौ २६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं, २६ भदौ । नेफस्कुनको गुणस्तर सुनिश्चितता कार्यक्रम अन्तर्गत जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रममा आबद्ध पूर्वको झापा र धनुषाको जनकपुरसम्मका ४५ साकोसका लागि व्यवसाय निरन्तरता योजना तालिम सञ्चालन भएको छ । भदौं २४ गतेदेखि आयोजित ३ दिने भर्चुअल तालिममा मेची कोशी प्रथम समुह, मोरङ प्रथम समुह , सुनसरी प्रथम समुह र जनकपुर प्रथम समुहको प्रतिनिधित्व थियो ।   

कार्यक्रममा नेफ्स्कूनकी सञ्चालक गोमा नेपालले समुदायमा आधारित र सदस्य केन्द्रित साकोसहरुले यस्तो विषम् परिस्थितिमा पनि सहज सेवा प्रदान गरिरहेको भन्दै नीति, नियम र सुशासनमा जोड दिनुभयो । उहाँले समस्याहरुको सामना गर्दै सेवा निरन्तरताका लागि सबैभन्दा उत्तम उपाय भनेको व्यवसाय निरन्रता योजना (बीसीपी) भएको दाबी समेत गर्नुभयो । सञ्चालक नेपालले सबै सदस्यहरुले बीसीपी बनाउनुपर्ने धारणा राख्नुभयो ।  

 

 

 

 

 

 

 

कार्यक्रममा नेफ्स्कूनका सञ्चालक घनश्याम अधिकारीले विगत ६ महिना देखी महामारीमा परेका कारण दैनिकी कष्टकर बनेको बताउनुभयो । सदस्य लाई परेको दुःख र सेवा निरन्तरता जस्ता विषयलाई अब सहकारीले सम्बोधन गर्ने बेला भएको तर्फ ध्यानाकर्षण गराउनुभयो । सदस्यहरुको समस्या समाधानका लागि साकोसहरुले नविनतम प्रविधि प्रयोगमा उहाँले जोड दिनुपर्ने बताउनुभयो । 

तालिम समापनमा नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले व्यबसाय निरन्तरता योजना सहित रणनीतिक योजनाका साथ अघि बढ्नुपर्ने बताउनुभयो । नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले प्रत्येक संस्थाले अनिवार्य बीसीपी बनाउनुपर्ने बताउनुभयो । विषम् परिस्थितिमा सदस्य सेवा निरन्तरता पहिलो सर्त भएको उहाँको भनाइ थियो । कार्यक्रम सहजिकरण तथा सञ्चालन क्रमशः नेफ्स्कूनका कार्यक्रम अधिकृत द्वय सन्दिपराज ढकाल र मुकेश दाहाल तथा अनुगमन अधिकृत ध्रुव भुषालले गर्नुभएको थियो ।

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।