सोमबार, वैशाख १७
०६:४८

सहकारी विभागका रजिष्ट्रार पण्डितद्वारा पदबहाली

सोमबार, फागुन २
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले आजबाट पदबहाली गर्नुभएको छ ।
 
गृहमन्त्रालयमा कार्यरत पण्डित केही दिनअघिमात्र सहसचिवमा बढुवा भई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) मा आउनुभएको थियो । मन्त्रालयले विभागको रजिष्ट्रारमा पण्डितलाई पठाउने निर्णय आइतबार गरेको हो । आज विभागमा उहाँलाई कर्मचारीहरुले स्वागत गरेका थिए ।

पदबहाली पश्चात सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै रजिष्ट्रार पण्डितले सहकारी संस्था र सदस्यहरुको बृहत्तर हितका लागि प्रशिक्षण, नियमन, सुपरीवेक्षण र सुशासन प्रवर्धनको कार्यमा भूमिका रहने अभिव्यक्त गर्नुभएको छ । 

२०२५ साल पौष १९ गते प्यूठान जिल्लामा जन्मिनुभएका पण्डितको सरकारी सेवा प्रवेश तीन दशक भन्दा बढी भएको छ । २०४३ सालदेखि रजिष्ट्रार पण्डितको ललितपुर महानगरपालिका–२५, सैंवुस्थित स्थायी बसोबास रहेको छ । कुशल प्रशासकका रुपमाम चिनिनुभएका पण्डितले यस अघि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा रहेर महिलाहरुद्वारा सञ्चालित सहकारी र सहकारीको योगदानको विषयमा जानकार रहेको साकोस आवाजसँगको कुराकानीका क्रममा बताउनुभएको छ । 

गत कार्तिक ८ गते विभागको रजिष्ट्रार नियुक्त हुनुभएका झलकराम अधिकारीको भने ४ महिनामात्रै विभागको जिम्मेवारी सम्हालेसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) मा सरुवा भएको हो ।
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र