सोमबार, वैशाख १७
०५:५०

सहकारी विभागको रजिष्ट्रारमा रुद्रप्रसाद पण्डितः भोलि पदवहाली 

आईतबार, फागुन १
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । मन्त्रालयले सहकारी विभागको रजिष्ट्रारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) मा रहनुभएका रुद्रप्रसाद पण्डितलाई ल्याउने निर्णय गरेको छ ।

२०२५ साल पौष १९ गते प्यूठान जिल्लामा जन्मिनुभएका पण्डित को सरकारी सेवा प्रवेश तीन दशक भन्दा बढी भएको छ । २०४३ सालदेखि रजिष्ट्रार पण्डित ललितपुर महानगरपालिका २५, सैंवु स्थित स्थायी वसोबास गर्दै आउनुभएको छ ।  कुशल प्रशासकका रुपमाम चिनिनुभएका पण्डित यस अघि गृह मन्त्रालयमा उपसचिवमा सेवारत हुनुहुन्थ्यो भने हाल सहसचिवमा बढुवा भएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत हुनुहुन्छ । यसपूर्व महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा रहेर महिलाहरुद्वारा सञ्चालित सहकारी र सहकारीको योगदानको विषयमा जानकार रहेको साकोस आवाजसँगको कुराकानीका क्रममा उहाँले बताउनुभयो । रजिष्ट्रार पण्डितले भोलिदेखि विभागको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ । 

सहकारी रजिष्ट्रार अधिकारीको सरुवा 

सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीको सरुवा भएको छ । रजिष्ट्रार अधिकारीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) मा सरुवा भएको हो । शुक्रबार नेपाल सरकार (मन्त्रीस्तर) को निर्णय अनुसार रजिष्ट्रार अधिकारीको सरुवा भएको हो । उहाँसँगै २८ सहसचिवको एकै पटक सरुवा भएको हो । रजिष्ट्रार अधिकारीले गत कार्तिक ८ गते मात्रै विभागको जिम्मेवारी सम्हाल्नुभएको थियो  ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र