बिहीबार, वैशाख २०
०३:५५

 'समृद्धिमा सहकारीको महत्वपूर्ण भूमिका'

बिहीबार, माघ १३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले राष्ट्रिय सहकारी विकास बोर्डको सह-अध्यक्षमा नियुक्त मित्रराज दवाडीलाई नियुक्ति पत्र प्रदान गर्नुका साथै प्रतिबद्धता जाहेर गराउनुभएको छ । आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले खारेजीको चरणमा पुगेको सहकारी बोर्डले पुर्नजीवन पाएको बताउँदै सहकारी क्षेत्रलाई सही दिशामा लैजान बोर्डले अहम् भुमिका खेल्नुपर्ने बताउनुभयो ।  हालै मन्त्री परिषदले चितवनका सहकारी अभियन्ता दवाडीलाई बोर्डको सह अध्यक्षमा नियुक्त  गरेको थियो । सहकारी बोर्डको अध्यक्ष समेत रहनुभएकी मन्त्री श्रेष्ठले नीतिगत रुपमा देखिएका समस्या हल गर्दै सहकारी क्षेत्रलाई अनुशासित र मर्यादित बनाउन जोड दिनुपर्ने बताउनुभयो । देशको सापेक्षता र मौलिक ढंगबाट सहकारी क्षेत्रलाई अगाडी बढाउनु पर्नेमा उहाँको जोड थियो । सहकारीका सर्वमान्य सिद्धान्त, मूल्य र मान्यता अनुसार सहकारीलाई अगाडी बढ्न र बढाउन सहकारी बोर्डको भूमिका महत्वपूर्ण हुने मन्त्री श्रेष्ठले बताउनुभयो ।

संविधानमा नै व्यवस्था गरिएको अर्थतन्त्रको तीन खम्बे नीति अनुरुप देशलाई समृद्धिको दिशामा लैजान सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका हुनेमा उहाँले जोड दिनुभयो । सहकारी क्षेत्रको सुधारका लागि मन्त्रालयको सधै साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्दै मन्त्री श्रेष्ठले सहकारी क्षेत्रसँग चुनौती र अवसर रहेकाले संभावनाको खोजी गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

सहकारी क्षेत्रले रोजगारी सिर्जना र गरिबी निवारणमा महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा उहाँले जोड दिनुभयो । मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेयले सहकारी क्षेत्रमा सुधार आवश्यक रहेको बताउनुभयो । सहकारी बोर्डको आवश्यकता र औचित्य अझै छ भन्ने कुराको पुष्टी गर्नु आवश्यक रहेको उहाँको भनाइ थियो । नवनियुक्त सहअध्यक्ष दवाडीले सहकारी क्षेत्रमा रहेका समस्या समाधान गर्न नीतिगत  पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र