शुक्रबार, वैशाख १४
०९:२०

समुदायमा स्थापित हाम्रो एकीकृत साकोसको ५ औं स्थापना दिवसः सप्ताहव्यापी कार्यक्रम सञ्चालन 

बुधबार, माघ १२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । स्वयम्भू मुख्य कार्यालय रहेको समुदायमा आधारित हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्था लि. को ५ औं स्थापना दिवस विविध सप्ताहव्यापी कार्यक्रमका साथ हिजो सम्पन्न भएको छ । काठमाडौंका ५ बचत तथा ऋण सहकारी संस्था एकीकरण भएको दिन माघ ११ गते लाई स्थापना अर्थात एकीकरण दिवसको रुपमा प्रत्येक बर्ष विविध कार्यक्रम आयोजना गर्ने गरिएको संस्थाका व्यवस्थापक योगेन्द्र साउदले जानकारी गराउनुभयो । स्थापना दिवसका अवसरमा संस्थाले सप्ताहव्यापी कार्यक्रमको समापन सहित सदस्य सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको थियो । 

कार्यक्रम स्थापना दिवस मुल समारोह समितिका संयोजक एवम्ं संस्थाका उपाध्यक्ष रामबहादुर कट्वालको अध्यक्षतामा र नेपाल बचत तथा ऋण केन्द्रीय सहकरी संघ लि. (नेफ्स्कून) का अध्यक्ष तथा संस्थाका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 

स्थापना दिवसका अवसरमा संस्थाले नेपाल रेडक्रस सोसाइटीको समन्वयमा रक्तदान कार्यक्रम पनि सञ्चालन गरेको थियो । त्यसैगरी संस्थाले विभिन्न ८ वटा सेवा केन्द्रमार्फत सदस्यहरुले गरेको वित्तीय कारोबारका आधारमा उत्कृष्ठ कारोबारी सदस्यहरुलाई पुरस्कृत समेत गरेको थियो । कार्यक्रममा संस्थाको उत्कृष्ठ वर्ष कर्मचारीका रुपमा मुख्य सेवा केन्द्रका सेवा केन्द्र प्रमुख सुस्मिता अधिकारी निरौलालाई पुरस्कृत गरिएको थियो । 

सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत संस्थाले स्वच्छ समुदाय निर्माणका लागि वातावरण सरसफाइमा ध्यान दिँदै फोहोर व्यवस्थापनका लागि समुदायस्तरमा डस्टविनहरु वितरण गरिएको व्यवस्थापक साउदले जानकारी गराउनुभयो । 

संस्थाका अध्यक्ष एवम् कार्यक्रम समापन समारोहका प्रमुख व्यक्ति परितोष पौड्यालले  संस्थाको परिकल्पना, ध्येय, मूल्य र मान्यता साथै कर्मचारीहरुलाई संस्थाको मार्गदर्शन सहित उत्प्रेणात्मक प्रस्तुतीकरण राख्नुभएको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र