शुक्रबार, वैशाख १४
०७:१५

सहकारी सचिव पाण्डेय नेतृत्वको टोलीको भारत भ्रमणको समाचार ' द कोअपरेटर' पत्रिकामा 

मंगलबार, माघ ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेश प्रसाद पाण्डेयको नेतृत्वमा केही समयअघि भारत भ्रमणमा गएको सात सदस्यीय सरकारी अधिकारीहरुको टोलीले २०७८ पुस ७ गते भारतीय सहकारीहरुको सर्वोच्च निकाय राष्ट्रिय सहकारी संघ एनसीयूआईका उच्च पदस्थ अधिकारीहरुसँग भेट गरेको थियो । उक्त भेटमा दुई देशबीचको सहकारी अभियानबीचको सम्बन्ध थप प्रगाढ बनाउने बनाउने, खासगरी नेपाल सरकार र एनसीयूआईबीच सहकार्यका नयाँ सम्भावनाहरु खोजी गर्ने, एक आपसका सहकारी अभियानबारे सिकाइ आदानप्रदान गर्ने, सहकारी बजार प्रवर्धन गर्ने लगायतका विषयमा छलफल भएको थियो ।

नेपाली सरकारी प्रतिनिधिहरुलाई राजधानी नयाँ दिल्लीस्थित एनसीयूआई केन्द्रीय कार्यालयमा संघका मुख्य कार्यकारी डा.सुधीर महाजन, कार्यकारी निर्देशक सावित्री सिंह लगायतकाहरुले न्यानो स्वागत गर्नुभएको थियो । उक्त भेटसम्बन्धी समाचार एनसीयूआईको मासिक प्रकाशन 'द कोअपरेटर' को सन् २०२२ जनवरी अंकमा प्रकाशित गरिएको छ । भ्रमण दलमा मन्त्रालयका सह सचिव एवम् प्रशासन, सहकारी तथा गरिबी निवारण महाशाखा प्रमुख लीला प्रसाद शर्मा, सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारी लगायत सहभागी हुनुहुन्थ्यो । एनसीयूआईले 'द कोअपरेटर' मासिक र 'इन्डियन कोअपरेटिभ रिभ्यू' नामक त्रैमासिक गरी दुई पत्रिका प्रकाशन गर्दै आएको छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र