शनिबार, जेठ ५
०९:१७

‘सहकारीमार्फत भूमिको अधिकतम प्रयोग गरी गरिबी निवारण गर्नुपर्छ’

मंगलबार, भदौ २३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं, २३ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीमार्फत भूमिको अधिकतम प्रयोग गरी गरिबी निवारण गर्नुपर्ने बताउनुभएको छ । उहाँले गरिबी निवारण लक्षित कार्यक्रमहरु सहकारीमार्फत अघि बढाउनुपर्नेमा जोड दिनुभएको हो । राष्ट्रिय सहकारी विकास बोर्डले तयार पारेको सहकारी क्षेत्रको पच्चीस वर्षे रणनीतिक योजनाको अन्तिम मस्यौदा माथि छलफल गर्न आजआयोजना गरिएको भर्चुअल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । मन्त्री अर्यालले गरिबी निवारणका निम्ती अब भूमिको अधिकतम प्रयोग गर्नुपर्ने र त्यो सहकारीमार्फत गर्नुपर्ने बताउनुभएको थियो । सहकारी मन्त्रालयका तर्फबाट गरिबी निवारण प्रमुख विषय बनाउनुपर्ने भन्दै मन्त्री अर्यालले गरिब पहिचानको काम मन्त्रालयले गरेको भन्दै अब गरिब लक्षित कार्यक्रम सञ्चालन गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

 

 

 

 

 

 

सहकारीमार्फत उक्त कार्यक्रम सञ्चालन गरी पर्याप्त मात्रामा रोजगारीको सिर्जना गर्नुपर्ने उहाँको भनाई थियो । ‘देशभित्र प्रर्याप्त रोजगारीको सिर्जना गर्ने, गरिब लक्षित कार्यक्रम सञ्चालन गरेर सहकारीमार्फत गरिबहरुको जीवन बदल्नुपर्नेछ हुन्छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘भूमिको अधिकतम प्रयोग गरेर भूमिबाट उत्पादन बढी लिने, आत्मनिर्भर बनाउने कुरामा पनि सहकारीको भूमिका बढी महत्पुर्ण आधुनिक कृषि व्यवसायका निम्ती पनि सहकारीबाट शुरुआत गर्नुपर्छ । यी विषयलाई हामीले महत्वका साथ हेरेर योजना बनाउदै अगाडी बढेका छौ ।’

सहकारीमार्फत गरिब लक्षित कार्यक्रम चलाउने गरी योजना बनाउन मन्त्री अर्यालले सहकारी क्षेत्रलाई आग्रह गर्नुभयो । ‘यहाँहरु विभिन्न सहकारी संस्थामासंलग्न हुनुहुन्छ । सिंगो सहकारीको अभिभावक राष्ट्रिय सहकारी महासंघ छ । यी सबै कुराहरु हेक्का राखेर तपाईहरुले योजना बनाउनुहोस्’, उहाँले भन्नुभयो ।

 

 

 

 

 

 

१५ औं योजनाबाट कार्ययोजना बनाएर सरकार अगाडी बढेको भन्दै दिगो विकास लक्ष्य प्राप्त गर्नका निम्ती सहकारी क्षेत्रको दायित्व के हो भन्ने कुरालाई पनि हेक्का राख्न जरुरी रहेको मन्त्री अर्यालको भनाई थियो । ‘१५ औं योजनाबाट सन् २०३० सम्म दिगोविकास लक्ष्य हासिल गर्ने भन्ने सरकारको लक्ष्य छ । त्यसैगरी गरिबीलाई शून्यमा झार्ने र प्रतिव्यक्ति आयमा उल्लेख्य वृद्धि गर्ने  सरकारको लक्ष्य रहेको छ’, उहाँले भन्नुभयो, ‘यो अत्यन्तै महत्वाकांक्षी र अपरिहार्य कुरा हो । सरकार एक्लैले त्यो लक्ष्य भेटाउन सक्दैन । यस्तो अवस्थामा सरकार, नीजि  र सहकारी क्षेत्रको सहकार्य, समन्वय जरुरी छ भन्ने कुरालाई सरकारले महत्वका साथ लिएको छ ।’

उहाँले भन्नुभयो, ‘प्रत्येक साल १७ हजार मान्छेलाई जागिर दिनसक्ने क्षमताको विकास सहकारीले गरोस् भन्ने सरकारको अपेक्षा छ । त्यस्तै दिगो विकास लक्ष्य हालिस गर्न सहकारीबाट उच्चतम् योगदान हुन जरुरी छ भन्ने कुराको राज्यले अपेक्षा गरिरहेको छ ।’राज्यको अपेक्षालाई परिपुर्ती गर्नका निम्ती सहकारी अभियान, सहकारी क्षेत्र, सहकारीलाई नियमत गर्ने सहकारी मन्त्रालयले यो सन्दर्भमा के योजना बनाउछ भन्ने कुरालाई महत्वका साथ हेरिएकोले ती विषयलाई पनि महत्वका साथ समावेश गरेर अगाडी बढेको मन्त्री अर्यालले बताउनुभयो ।

 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।