शुक्रबार, जेठ ४
०५:४१

तनहुँमा ‘स्तरीकरण अभिमुखीकरण कार्यक्रम’ सम्पन्न

आईतबार, मंसीर १९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

तनहुँ । नेफ्स्कूनको आयोजनामा आज तनहुँको दुलेगौँडामा ‘स्तरीकरण अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ । एक दिवसीय कार्यक्रममा १९ वटा बचत तथा ऋण सहकारी संस्थाका २६ जनाको सहभागिता थियो । नेफ्स्कून सञ्चालक सदस्य कमला देवी गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपानेले स्तरीकरण कार्यक्रमको परिचय, महत्व, नेफ्स्कूनले सञ्चालन गरेका स्तरीकरण कार्यक्रमहरु, त्यस्ता कार्यक्रमले संस्थाको वित्तीय सुशासन, विकास एवम् प्रवर्धनमा खेल्ने भूमिका बारे सहजीकरण गर्नुभएको थियो । नेफ्स्कून सञ्चालक गिरीले संघको स्तरीकरण कार्यक्रमले साकोसहरुलाई सुरक्षित, दिगो र सदस्यमैत्री बनाउने भन्दै सहभागी सबैलाई सहभागिताका लागि आग्रह गर्नुभयो ।

नेफ्स्कून पोखरा फिल्ड कार्यालय प्रमुख यमकला सुवेदीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन संघको तनहुँ सेवा केन्द्र प्रमुख दिपक आचार्यले गर्नुभएको थियो । स्तरीकरण कार्यक्रमसम्बन्धी प्रस्तुति पछि सहभागीहरुले नेफ्स्कूनले ल्याउने गुणस्तर प्रमाणीकरणसम्बन्धी कार्यक्रमहरुमा सहभागी हुने प्रतिबद्धता जनाएको संघको तनहुँ सेवा कार्यालय प्रमुख दिपक आचार्यले बताउनुभयो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र