बिहीबार, जेठ ३
०२:३३

५३ साकोसका लागि भर्चुअल बीसीपी तालिम 

आईतबार, भदौ २१
saccosaawaj

कास्की, भदौ २१ । नेफ्स्कून पोखरा फिल्ड कार्यालयको आयोजनामा गण्डकी र ५ नं प्रदेशका प्रोबेसन तथा कर्ब्स कार्यक्रममा आबद्ध साकोसहरुका लागि ३ दिने व्यवसाय निरन्तरता योजना (बीसीपी) सम्बन्धी भर्चुअल तालिम आयोजना गरिएको छ । भदौ १९ गतेदेखि २१ सम्म चलेको तालिममा प्रोबेसनका २ वटा क्लष्टर र कर्ब्समा आवद्ध ३ वटा क्लष्टरका ५३ वटा साकोसका ७७ जनाको सहभागिता रहेको थियो । 

नेफ्स्कूनकी सञ्चालक कमला गिरीको प्रमुख आतिथ्यमा समापन भएको प्रशिक्षण कार्यक्रमको अन्तिम दिन आज संघका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले महामारीले संस्थाका व्यावसायिक रणनीतिक योजनाहरु कार्यान्वयनमा कठिनाई उत्पन्न भएको अवस्थामा ब्यवसाय निरन्तरता योजना बनाउनुपर्ने भन्दै बीसीपीको महत्वका विषयमा थप प्रकाश पार्नुभएको थियो ।

तालिमको सहजिकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले गर्नुभएको थियो भने बरिष्ठ अधिकृत भरत न्यौपाने र अनुगमन अधिकृत सूर्यप्रसाद तिमल्सिनाले कार्यक्रमको समन्वय गर्नुभएको थियो । पहिलो तथा दोस्रो दिनको सेसनको अन्त्य नेफ्स्कूनका निवर्तमान सञ्चालक एवम् रोयल पोखरा साकोसका प्रमुख कार्यकारी अधिकृत भिम गुरुङले गर्नुभएको थियो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र