शुक्रबार, जेठ ४
०२:३२

'चौथो ललितपुर साकोस समिट-२०७८' आजबाट सुरु हुँदै; सुशासन र दिगोपना प्रवर्धन मुख्य उद्देश्य

बुधबार, मंसीर ८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

ललितपुर । ललितपुर जिल्ला भित्रका बचत तथा ऋण सहकारीहरुको जिल्लास्तरीय अभिभावक संघ ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को आयोजनामा अजबाट चौथो ललितपुर साकोस समिट–२०७८ आयोजना हुँदैछ ।  मंसीर ८ देखि १० गतेसम्म गोदावरीको होटेल भ्यु भृकुटीमा हुने ३ दिने समिटमा सहकारी, नियामक निकायसँगै सरोकारवाला क्षेत्रका विभिन्न व्यक्तित्वहरुले सहकारी, सुशासन, सम्पत्ती शुद्धीकरण, नेतृत्व विकास, साकोस व्यवस्थापन, सहकारी र स्थानीय सरकारहरुबीच अन्तर्सम्बन्ध लगायत विविध विषयमा कार्यपत्र प्रस्तुतिको कार्यक्रम छ ।

समिटमा सहकारीमा कोष विभाजन र सुरक्षित पूँजी फिर्ता कोष वितरण र सदस्यता केन्द्रीयता अवधारणा, कानुनी व्यवस्था र कार्यान्वयन, संघको परिचय, साकोस व्यवस्थापनमा सुशासन र सहकारी एकीकरणका अवसर र चुनौतीहरु, सकारात्मक सोच सहितको सहकारी नेतृत्व र व्यक्तित्व विकास, सहकारीमा सम्पत्ति शुद्धिकरण र गो एमएलको प्रयोग तथा रिपोर्टिङ, सरकार र सहकारी विचको अन्तरसम्बन्ध स्थानीय, प्रदेश र केन्द्र विषयमा कार्यपत्र प्रस्तुत गरिदैछ ।

यस्तै, सहकारीमा समुदाय प्रतिको चासो र नेपाल प्रहरीको भूमिका, साकोसमा संस्थागत सुशासन, अवधारणा÷मापदण्ड विकास÷प्रयोग, सफल सहकारी संस्थाको सफलताको कथा, क्रेडिट युनियनमा नेतृत्वलाई बढावा विषयमा पनि कार्यपत्र प्रस्तुति गरिदैछ । सहभागीहरुबीच छलफल गरी सम्मेलनको अन्यमा घोषणा पत्र जारी गर्ने कार्यक्रम तय भएको आयोजक संघका अध्यक्ष रामहरि बजगाईले जानकारी गराउनुभयो ।

सम्मेलनको उद्घाटन उपराष्ट्रपति नन्दकुमार पुन पासाङले गर्ने कार्यक्रम छ । सम्मेलनको मुख्य उद्देश्य सहकारी ऐन २०७४, नियमावली २०७५, प्रदेश र स्थानीय तहका ऐन, नियमावली, विभिन्न मापदण्ड, निर्देशन, सम्पत्ति शुद्धिकरणका विषयमा  सहभागिहरुलाई प्रशिक्षित गराउने रहेको अध्यक्ष बजगाईले प्रष्ट पार्नुभयो । विशेषतः आफ्ना सदस्य संस्थाहरुलाई दिगो बनाउन र अभियानमा भएका समस्याहरुलाई हल गर्नको निम्ति सम्मेलन कोशेढुङ्गो सावित  हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।  बचत तथा ऋण सहकारीले नै आर्थिक समृद्धिको विषयलाई सम्बोधन गर्ने अध्यक्ष बजगाईले धारणा राख्नुभयो ।

सहकारी अभियानमा देखिएको विकृति र विसंगति न्यूनिकरण गर्दै सुशासनयुक्त संस्थामार्फत सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा सहकारी संस्थालाई जोड्न सम्मेलन सहयोगी हुने अध्यक्ष बजगाईंको भनाई छ । जिल्ला भित्र ६ सयको हाराहारीमा बचत तथा ऋण सहकारी संस्था छन् । ती संस्थाको अभिभावक संघको रुपमा बचत संघ सधैं क्रियाशील रहेको छ । अहिले सहकारी ऐन २०७४ र नियमावली २०७५ लाई कार्यान्वयन गर्नुपर्ने अवस्था छ । सम्पत्ति शुद्धिकरण निर्देशिका कार्यान्वयन र सहकारीका विद्यमान समस्या तथा चुनौतीहरुको विषयमा गहन छलफल गरी एउटा निचोड निकाल्नुपर्ने छ । यसैको सेरोफेरोमा समिट गर्न लागिएको अध्यक्ष  बजगाईंले बताउनुभयो । 

जिल्लाको सहकारी अभियानलाई कस्तो बनाउने भन्ने सन्दर्भमा आफ्ना सदस्य संस्थासँग गहन छलफल र बहस गरी निचोडमा पुग्ने उद्देश्य समिटको छ । साकोस भित्रका संस्थागत समस्याहरुको सम्बोधन भई संस्थाहरुलाई सुदृढिकरण गरी दिगो र स्वस्थ संस्था बनाउन ललितपुर साकोस समिट कोशेढुंगा हुने अपेक्षा गरिएको छ ।

यस अघिका ३ वटा समिट अन्य जिल्लामा आयोजना गरिएको र चौंथो समिट ललितपुर जिल्लामा नै गर्ने तयारी भए बमोजिम होटल भ्यु भृकुटीमा गरिन लागेको हो । संघले यस अघि २०७६ मा नै चौंथो समिटको सम्पूर्ण तयारी गरेको भएतापनि कोभिड १९ को कारण अन्तिम समयमा आएर स्थगन भएको थियो । 

ललितपुरमा ६ वटा स्थानीय तह छन् । प्रत्येक स्थानीय तहका एउटा सहकारीले बेरोजगार, न्यून आय भएका र विपन्न वर्गलाई माथि उठाउन काम गर्नको निम्ति जिल्ला संघले अपील गरेको छ ।  सहकारीहरु नीति, विधि र प्रविधिमा आधारित भएर अगाडि बढ्नको निम्ति प्राविधिक संस्कारको पनि विकास गर्नुपर्ने खाँचो उहाँले औल्याउनुभयो । विधि बनाएर संस्थाहरुलाई अगाडि बढाउन जिल्ला संघले काम गरिरहेको भन्दै अध्यक्ष बजगाईले त्यसका लागि शिक्षा, तालिम र सचेतना कार्यक्रमलाई अगाडि बढाएको जानकारी गराउनुभयो । समिटको समापन बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा हुनेछ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र