शुक्रबार, जेठ ४
०५:२५

सहकारी व्यवस्थापक कोर्षको तेस्रो ब्याचको अभिमुखीकरण सम्पन्न

मंगलबार, मंसीर ७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कूनले सीटीइभीटीसँगको सम्बन्धनमा सञ्चालन गर्दै आएको सहकारी व्यवस्थापक कोर्षको तेस्रो ब्याचको अभिमुखीकरण कार्यक्रम आज आयोजना गरेको छ । सहकारीमा दक्ष जनशक्ति उत्पादनमा लक्षित उक्त कोर्षको तेस्रो ब्याचको अभिमुखीकरण कार्यक्रम आज बिहान भर्चुअल रुपमा आयोजना गरिएको थियो । अभिमुखीकरण कार्यक्रम शुभारम्भ सत्रमा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, महासचिव दामोदर अधिकारी र प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले मार्गदर्शन प्रदान गर्नुभएको थियो ।

नेफ्स्कूनका अध्यक्ष पौड्यालले संघले सञ्चालन गरेको छोटो अवधिका प्रमाणीकृत तालिमले सहकारीमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिमका क्रममा संघका प्रशिक्षकहरुसँगै बाह्य विषयविज्ञहरुलाई पनि जोडिने जानकारी गराउनुभयो । साथै नेफ्स्कूनले मानव संशाधन बैंकको अवधारणालाई पनि अघि सारेको जानकारी गराउँदै अध्यक्ष पौड्यालले तालिम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा संघका महासचिव अधिकारीले सहकारी व्यवस्थापक कोर्ष सैद्धान्तिक मात्र नभई प्रयोगात्मक पनि भएकाले काम गर्दा उत्पन्न हुने व्यावहारिक कठिनाईहरु समाधानमा कोर्ष सहयोगी हुने बताउनुभयो । महासचिव अधिकारीले नेफ्स्कूनले वित्तीय कारोबारसँगै सहकारी क्षेत्रको आवश्यकता सम्बोधनका लागि यस्ता किसिमका सरकारी मान्यताप्राप्त प्रमाणीकृत कोर्षहरु सञ्चालनलाई रणनीतिक योजनामा समेत समावेश गरेको जानकारी गराउनुभयो ।

यसैगरी, संघका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले नेफ्स्कूनले एचआर बैंंकको विषयलाई रणनीतिक योजनमा समेत समाहित गरेको जानकारी गराउँदै सहकारी व्यवस्थापक कोर्ष त्यसै दिशामा लक्षित भएको उल्लेख गर्नुभयो । उहाँले सहभागीहरुले तालिमबाट सिकेका कुराहरु संस्थामा लागू गरी विकास र प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा संघका तालिम विभाग प्राचार्य गणेश प्रसादले तिमिल्सिनाले सहकारी व्यवस्थापक कोर्षका बारेमा विस्तृत जानकारी गराउनुभएको थियो भने बरिष्ठ तालिम अधिृकत बल्लभ तिमिल्सिनाले अभिमुखीकरण गर्नुभएको थियो । उहाँले कोर्ष अन्तर्गत १४ वटा मोडलमा सैद्धान्तिक व्यावहारिक तथा बाँकी एक मोडलमा प्रयोगात्मक कक्षा सञ्चालन हुने जानकारी गराउनुभयो । कार्यक्रम व्यवस्थापन संघका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो ।

६ सय घन्टा (२० प्रतिशत सैद्धान्तिक र बाँकी व्यावहारिक) को उक्त कोर्षको नियमित कक्षाहरु भोलिबाट सुरु हुने जानकारी गराइएको थियो । भर्चुअल रुपमा सञ्चालन हुने कक्षामा २० जनाको सहभागिता रहेको छ । सहकारी व्यवस्थापक कोर्ष अन्तर्गत पहिलो ब्याच २०७७ भदौंमा सञ्चालन गरिएको थियो भने दोस्रो ब्याज २०७८ भदौंमा सञ्चालन गरिएको थियो । हाल दोस्रो ब्याचको कक्षा पनि सञ्चालनरत रहेको संघका तालिम अधिकृत रविन्द्र श्रेष्ठले जानकारी गराउनुभयो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र