शुक्रबार, जेठ ४
०१:०१

नेफ्स्कूनको प्रमुख कार्यकारी अधिकृतमा प्रकाश प्रसाद पोखरेल नियुक्त

आईतबार, मंसीर ५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्रमुख कार्यकारी अधिकृतमा प्रकाश प्रसाद पोखरेल नियुक्त हुनुभएको छ । यसअघि २०७७ साउन १ गतेदेखि कायम मुकायम प्रमुख कार्यकारी पदमा कार्यरत पोखरेललाई संघको सञ्चालक समितिको ३०० औं बैठकले प्रमुख कार्यकारी पदमा नियुक्त गरेको हो । संघका अध्यक्ष परितोष पौड्यालले सञ्चालकहरु यज्ञ प्रसाद ढकाल, घनश्याम अधिकारी, रिना आचार्य, न्हुछे नारायण श्रेष्ठ र मन्दरा मिश्र समेतको उपस्थितिमा नेफ्स्कून केन्द्रीय कार्यालयमा आज बिहान आयोजित संक्षिप्त कार्यक्रममा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेललाई नियुक्ति पत्र हस्तान्तरण गर्नुभयो ।

२०७६ साल असार १ गतेबाट नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा नेफ्स्कून प्रवेश गर्नुभएका पोखरेलसँग सहकारी क्षेत्रसँगै राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग आबद्ध भएर काम गरेको अनुभव छ । कार्यक्रममा नेफ्स्कून उच्च व्यवस्थापनको समेत सहभागिता थियो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र