शुक्रबार, जेठ ४
०४:२१

नेफ्स्कून साकोस म्यानेजर्स क्लबको पदभार हस्तान्तरण

शुक्रबार, मंसीर ३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कून साकोस म्यानेजर्स क्लबको पदभार हस्तान्तरण कार्यक्रम आज साँझ सम्पन्न भएको छ । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता तथा क्लबका निवर्तमान संयोजक इश्वर न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेफ्स्कूनका महासचिव दामोदर अधिकारी, कोषाध्यक्ष दिपक पनेरु, लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटा, सञ्चालक समितिका सदस्यहरु माधव प्रसाद जोशी, घनश्याम अधिकारी, रिना आचार्य, न्हुछे नारायण श्रेष्ठ, हरेराम प्रसाद, लेखा सुपरिवेक्षण समितिका सदस्य सुशिल कुमार बस्न्यात, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलसँगै विभागीय प्रमुखहरु, क्लबका नवनियुक्त संयोजक दिपक बस्नेतसँगै नवनियुक्त सदस्यहरु लगायतको उपस्थिति थियो ।

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले ब्यानर बाचर गरेर उद्घाटन गर्नुभएको कार्यक्रममा क्लबका निवर्तमान संयोजक न्यौपानेले नवनियुक्त संयोजक दिपक बस्नेतलाई पद हस्तान्तरण गर्नुभएको थियो । १३ सदस्यीय क्लबका ११ जनाले आज पदभार ग्रहण गर्नुभएको छ ।नेफ्स्कूनले प्रत्येक स्थापना दिवसमा घोषणा गर्ने सातै प्रदेशका उत्कृष्ट व्यबस्थापकहरुसहित उत्कृष्ट साकोसका व्यवस्थापक, उत्कृष्ट प्रदेश संघ तथा उत्कृष्ट जिल्ला बचत संघका व्यवस्थापक, उत्कृष्ट महिला साकोसकी व्यवस्थापक लगायत क्लबमा रहने व्यवस्था छ भने नेफ्स्कूनको साधारण सभापछि वार्षिक रुपमा क्लबको नयाँ कार्यसमिति गठन हुने गर्दछ । सोही अनुरुप आज क्लबका निवर्तमान संयोजक एवम् सदस्यहरुले नयाँ संयोजक तथा सदस्यहरुलाई पदभार हस्तान्तरण गर्नुभएको हो ।

क्लबको सदस्यमा प्रदेश नं १ बाट जनकल्याण साकोस दुहबी, सुनसरीका व्यवस्थापक मनोज सुतियार, प्रदेश नं २ बाट नवविकास साकोस, चन्द्रपुर रौतहटका व्यवस्थापक यज्ञ प्रसाद प्रसाई, बागमती प्रदेशबाट जनकल्याण साकोस, धादिङका व्यवस्थापक डा.कृष्णकान्त मिश्र, गण्डकी प्रदेशबाट गैडाकोट स्वाभिमान साकोस, गैडाकोट नवलपरासीका व्यवस्थापक रामचन्द्र सुवेदी, लुम्बिनी प्रदेशबाट ग्रामीण साकोस बर्दघाट, सुस्ता पश्चिम नवलपुरका, अनन्त पाण्डेय, कर्णाली प्रदेशबाट पीपलबोट साकोस वीरेन्द्रनगर सुर्खेतका व्यवस्थापक रमेश जैसी, सुदूर पश्चिम प्रदेशबाट जीवनज्योति साकोस बैतडीका व्यवस्थाक टेकराज लेखक, सहित यस वर्ष उत्कृष्ट साकोस पुरस्कृत रुपन्देहीको जनउत्थान साकोसका व्यवस्थापक रणबहादुर थापा, उत्कृष्ट महिला पुरस्कृत बागेश्वरी साकोस नवलपुर, मकवानपुरकी व्यवस्थापक उर्मिला ज्ञवाली लगायतले पदभार ग्रहण गर्नुभएको छ । कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष पौड्यालले नेतृत्व र व्यवस्थापनबीच जरा र पातको जस्तो अन्योन्याश्रित सम्बन्ध भएको बताउदै क्लबको नवनियुक्त कार्यसमितिलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

संघका महासचिव दामोदर अधिकारीले क्लबबाट नवीन अवधारणाहरु र अभ्यासहरु विकास गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले क्लबबाट अभियानको सर्वोपरि हितमा उपयोगी इन्नोभेसनहरु अपेक्षा गरेको बताउँदै अभियान र नेफ्स्कून जोड्ने सुपरग्लु क्लब भएको धारणा राख्नुभयो । उहाँले अभियानको ऐक्यबद्धतामा जोड दिदैं स्थिरीकरण कोष, इआरपी लगायतका विषयमा उठेका जिज्ञासाको पनि सम्बोधन गर्नुभएको थियो । महासचिव अधिकारीले क्लबलाई सबै किसिमबाट सहयोग गर्न नेफ्स्कून तयार रहेको बताउनुभयो ।

यसैगरी, संघका कोषाध्यक्ष दिपक पनेरुले साकोस अभियानको थिङ्कट्याङ्क क्लबले स्थिरीकरण कोष, स्तरीकरण कार्यक्रम आदि विषयहरुलाई पनि अपनत्व प्रदान गर्दै यसका विषयमा उठेका कुराहरुमा एकमत राख्नुपर्नेमा जोड दिनुभयो । क्लबमार्फत साकोस अभियानमा असल अभ्यासहरु साटासाट गर्न सकिने विश्वास कोषाध्यक्ष पनेरुले राख्नुभयो ।

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले साकोस अभियानको विश्व अभ्यास अनुसरण गरी म्यानेजर्स क्लबको अवधारणा नेपालमा पनि भित्राइएको जानकारी गराउनुभयो । उहाँले साकोस व्यवस्थापनलाई चुस्त बनाउने, असल अभ्यासहरुलाई आन्तरिकीकरण गराउने काममा क्लबको महत्वपूर्ण भूमिका हुने र त्यसका लागि नेफ्स्कूनको पूर्ण साथ, समर्थन र सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । नेफ्स्कूनले रणनीतिक योजनामा पनि क्लबलाई थप प्रभावकारी बनाउँदै लाने उल्लेख गरेको भन्दै त्यसैका आधारमा आगामी कार्यक्रमहरुमा पनि सहयोग रहने जानकारी गराउनुभयो ।

क्लबका नवनियुक्त संयोजक जनकल्याण साकोस दोलखाका व्यवस्थापक दिपक बस्नेतले क्लबको उद्देश्यबाट अविचलित रही नवीन कार्यक्रमहरुमार्फत साकोस अभियानमा योगदान गर्ने विश्वास दिलाउनुभयो । सहकारी र साकोस अभियानका चुनौतीलाई चिर्न क्लबले पनि आफ्नो तर्फबाट सक्दो भूमिका निर्वाह गर्ने भन्दै उहाँले खासगरी साकोस अभियानमा मानव संशाधन व्यवस्थापन, नीति निर्माण तथा प्रविधिका विषयलाई प्राथमिकताका साथ आगामी दिनहरुहमा अघि बढाइने जानकारी गराउनुभयो । यस्तैगरी, तरलता व्यवस्थापन, क्षमता अभिवृद्धि लगायतका विषयमा पनि क्लबले काम गर्ने योजना अघि सार्नुभयो ।

क्लबका निवर्तमान अध्यक्ष मिलिजुली कालिन्चोक साकोस दोलखाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले क्लबले गत एक वर्षमा गरेका क्रियाकलाप र क्लबको इतिहास समेटिएको प्रस्तुति गर्नुभएको थियो । उहाँले क्लबले आगामी दिनमा गर्नुपर्ने कामहरुको बारेमा पनि प्रस्तुतिमा उल्लेख गर्दै क्लबको थप सक्रियता र सफलताको कामना पनि गर्नुभयो ।कार्यक्रम सञ्चालन क्लबका निवर्तमान सदस्य काभ्रेको ज्योति मिर्मिरे सामूहिक साकोसका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले गर्नुभएको थियो ।

 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र