शुक्रबार, वैशाख २१
०३:१९

नेफ्स्कूनको ३० औं वार्षिक साधारणसभा काठमाडौंमा आयोजना हुँदै

शुक्रबार, मंसीर ३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपालका बचत तथा ऋण सहकारीहरुको एक मात्र केन्द्रीय निकाय नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को ३० औं वार्षिक साधारण सभा आज काठमाडौंमा आयोजना हुँदैछ । प्रज्ञा भवन कमलादीमा आयोजित सभाको उद्घाटन अहिले केही बेरमा प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गर्ने कार्यक्रम छ ।  सभामा संघका देशभरका सदस्य संघ संस्थाका प्रतिनिधिहरुका साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति, सल्लाहकारहरु, नियामक निकाय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा सहकारी विभाग, राष्ट्रिय सहकारी महासंघ लगायत विषयगत केन्द्रीय सहकारी संघ, राष्ट्रिय सहकारी बैंक, लगायत निकायका साथै संघको व्यवस्थापनको सहभागिता रहने छ । प्रभा भवन कमलादीमा सहभागी, अतिथिहरु तथा पत्रकारहरु आउने क्रम जारी रहेको छ ।

सभाको पहिलो तथा उद्घाटन सत्रमा राष्ट्रिय युवा परिषद, लायन्स क्लब इन्टरनेशनल, अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ), सिटिजन लाइफ इन्स्योरेन्स, आइएमइ लाइफ, आइएमइ जेनेरल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, जिनोब प्रा.लि, रारा डिजिटल ल्याब, लगायतका नेफ्स्कूनका साझेदार निकायहरुको पनि सहभागिता रहने छ । प्रत्येक वर्ष मंसिरको पहिलो शुक्रबार वार्षिक साधारण सभा गर्ने संघको निर्णय अनुसार ३० औं वार्षिक साधारण सभा यो वर्ष मंसिर ३ गते आयोजना गर्न लागिएको हो । गत वर्ष भने कोभिड महामारीका कारण न्यूनतम भौतिक उपस्थितिसहित हाइब्रिड मोडलमा २९ औं वार्षिक साधारण सभा सम्पन्न गरिएको थियो । सभामा संघको ३४ औं स्थापना दिवस २०७८ साउन ३२ गते घोषणा गरिएका सम्मान तथा पुरस्कारहरु पनि प्रदान गरिने कार्यक्रम छ ।

दोस्रो सत्रमा संघका वित्तीय प्रतिवेदनहरु प्रस्तुतिसँगै तिनीहरु उपर सदस्यहरुको सुझाव संकलन, छलफल एवम् निर्णयार्थ विभिन्न प्रस्तावहरु पेश तथा स्वीकृति र साधारण सभाको निर्णय पुस्तिका प्रमाणीकरणका लागि प्रतिनिधि चयनको कार्यक्रम रहेको छ । 

 

 

 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र