शुक्रबार, वैशाख २१
०५:४४

जनएकता साकोसद्वारा ४ सय विद्यार्थीलाई न्यानो कपडा वितरण 

बिहीबार, मंसीर २
साकोसआवाज प्रतिनिधि
saccosaawaj

पथरी । मोरङको कानेपोखरी गाउँपालिका -६, मा स्थापित जनएकता बचत तथा ऋण सहकारी संस्थाले ४ सय छात्रछात्रालाई न्यानो कपडा वितरण गरेको छ ।

संस्थाले आफ्नो २० औं स्थापना दिवसको अवसरमा पालिका क्षेत्र भित्रका ९ वटा सामुदायिक विद्यालयका छात्राछात्रलाई न्यानो लुगा स्वेटर वितरण गरिएको हो ।

वडा नम्बर ६ को सुन्तली आधारभूत विद्यालयका ५६ जना र पंचज्योति आधारभूत विद्यालयका ३७ जना, वडा नम्बर–४ को थानेश्वर आधारभूत विद्यालयका २९ जना, सूर्योदय आधारभूत विद्यालयका ३५ जना र पंचकन्या आधारभूत विद्यालयका ३० जना, वडा नम्बर ३ को लक्ष्मी आधारभूत विद्यालयका ३५ जना र शिक्षा सदन माविका ६४ जना र वडा नम्बर २ को मैनावारी आधारभूत विद्यालयका ५९ जना गरी जम्मा ४ सय जना छात्रछात्रालाई न्यानो कपडा वितरण गरिएको थियो ।
दलित, असाहय र विपन्न वर्गका छात्रछात्रालाई चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको संस्थाका अध्यक्ष भोला अधिकारीले जानकारी गराउनुभयो ।

अध्यक्ष भोला अधिकारी, उपाध्यक्ष सन्तोष फुयाल, सचिव अम्बिका अर्याल, कोषाध्यक्ष इच्छा कोईराला, सञ्चालक सदस्यहरु राजेश कार्की, मोहन पराजुली, सुस्मा कार्की, शोभा जोशी, व्यवस्थापक पवित्रा खतिवडा, सहायक व्यवस्थापक डोरमणी श्रेष्ठ, कर्मचारी खगेन्द्र कार्की लगाएतको उपस्थितमा वितरण गरिएको थियो ।

२०५८ सालमा स्थापना भएको संस्थाले असार मसान्त सम्म ५० करोड पुँजीको परिचालन गरी १ करोड ६२ लाख नाफा कमाएको थियो । साकोसले ७० बर्ष कटेका जेष्ठ सदस्यहरुलाई प्रत्येक बर्ष मासिक १ सयको दरले बार्षिक १२ सय वितरण गर्दै आएको छ ।
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र