बिहीबार, जेठ ३
०३:३०

कर्मचारी क्षमता विकास तालिम उपलब्धीमूलकः सहभागी

आईतबार, भदौ २१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं, भदौ २१ । कोरोना महामारी (कोभिड १९) का कारण नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.— नेफ्स्कून का नियमित कार्यक्रम तथा गतिविधि सञ्चालनमा भर्चुअल विधि प्रयोगमा आइरहेको छ । बन्दाबन्दीका कारण संघमा कार्यरत कर्मचारीहरुको न्यून कार्यचापलाई मध्यनजर गर्दै संघले विद्युतीय कक्षा मार्फत कर्मचारीहरुको क्षमता विकास तालिमलाई विशेष जोडदिएको छ । पहिलो चरणमा भदौ १८ गतेदेखि २१ गतेसम्म सञ्चालित सहायक स्तरका कर्मचारीहरुको क्षमता विकास तालिममा केन्द्रीय कार्यालय सहित २४ वटा फिल्ड कार्यालय र ४ वटा सेवा केन्द्रमा कार्यरत सहायक स्तरका ६० जना कर्मचारीहरु सहभागी भए । चारदिन सम्म सञ्चालित कर्मचारी क्षमता विकास तालिममा संघका महासचिव दामोदर अधिकारी, प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरु र बरिष्ठ तालिम अधिकृतले गरी छुट्टाछुट्टै सातवटा सेसन सञ्चालन गर्नुभएको थियो । 

तालिमको पहिलो दिन संघका अध्यक्ष परितोष पौड्यालले कर्मचारीहरुले स्वअध्ययन, बोल्ने शैलीको विकास, छलफल चलाउने कौशल अभिबृद्धि गर्दै आफ्नो स्तरोन्ती, व्यक्तित्व विकास, क्षमता विकास सँगै नेतृत्व विकासलाई पहिलो प्राथमिकतामा राख्न अनुरोध गर्दै तालिम सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

संघका महासचिव दामोदर अधिकारीले तनावमुक्त कार्यसम्पादन र स्वउत्प्रेरणा विषयक प्रस्तुती मार्फत व्यक्तिगत तथा कार्यास्थलीय तनाव व्यवस्थापनका उपायहरु र स्वउत्प्रेरणा विकास सम्बन्धी प्रशिक्षण दिनुभएको दियो । कर्मचारीको तालिम आवश्यकताका विषयमा महासचिव अधिकारी भन्नुहुन्छ, “कर्मचारी क्षमता विकास तालिम कर्मचारीलाई निश्चित समयअन्तरमा आवश्यक पर्छ, सहकारी क्षेत्रको विकास र विस्तार सँगसँगै सदस्य बृद्धि, सदस्य सेवा बृद्धि हुने हुँदा कर्मचारीको कार्यशैली, गति र क्षमता पनि विकास हुनु अनिवार्य छ । 

                                            

उहाँ भन्नुहुन्छ, “संघमा कार्यरत सबै तहका कर्मचारीहरुलाई शिक्षा तथा तालिमको माध्यमबाट सक्षम जनशक्ति तयार गर्ने संघको नीति अनुरुप कर्मचारी प्रशिक्षणलाई संघको नियमित  प्रक्रिया अन्तर्गत राखेका छौ । प्रथम चरणमा सहायक तहमा सक्षम जनशक्ति तयारीका क्रममा तालिम सञ्चालन भएको छ । यसले कर्मचारीमा क्षमता तथा नेतृत्व विकास, गतिशिल तथा समयसापेक्ष, उच्च मनोवल, उत्प्रेरणा, सकारात्मक सोच र कार्यजिम्मेवारी प्रति समर्पित गराउन महत्तम भूमिका खेल्नेछ । साथै समय परिस्थिति अनुसार भर्चुृअल विधिमार्फत पनि संघका सबै तहका कर्मचारीहरुका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम मार्फत समक्ष जनशक्ति निर्माणमा संघको पहलकदमी रहन्छ ।”  
 
संघका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले कार्यसम्पादन सीप कौशल, कार्यसम्पादन प्रवृत्ति र कार्यसम्पादन लक्ष्य निर्धारण मार्फत कर्मचारीहरुको कार्यसम्पादनमा प्रभावकारिता ल्याउन सकिने विषयमा विभिन्न रोचक प्रसङ्ग र सकारात्मक उदाहरणहरु सहित प्रशिक्षण दिनुभयो । साथै परिणाममुखी कार्यसम्पादनका पूर्वशर्तहरु, कार्यसम्पादन मूल्यांकनलाई प्रभाव पार्ने तत्वहरु जस्तै कर्मचारी सम्बन्ध, कार्यवातावरण, तालिम तथा बृद्धि विकासका अवसर र मूल्य सृजनाले कार्यसम्पादनको प्रभावकारितामा महत्वम भूमिका राख्ने विषयमा ध्यानाकर्षण गराउँदै कर्मचारीको स्वास्थ्य, सुरक्षा, सकारात्मक सोच, तनाव व्यवस्थापन, स्वस्थ कार्यवातावरण र समुह कार्य नै कर्मचारीको व्यक्तिगत एव्म कार्यालयीय सफलताको अन्तिम सूचक भएको बताउनुभयो । 

संघका व्यवसाय विभाग प्रमुख सञ्जयराज तिमिल्सीना भन्नुहुन्छ, “कर्मचारीको मुख्य गुण भनेकै अनुशासन र आचारसंहिताको पालना हो । अनुशासन, स्वअध्ययन, कार्यजिम्मेवारी, स्मार्ट सोच, स्मार्ट पोसाक, स्वस्थ पारिवारिक वातावरण, समय व्यवस्थापन, समूह कार्य र निरन्तर अपडेट बाट कर्मचारीहरुमा प्रभावकारी कार्यसम्पादन र क्षमता तथा नेतृत्व विकास सम्भव हुन्छ । कुनै पनि रोजगारदाता संघ संस्थाले आफ्ना कर्मचारीहरुलाई समय परिस्थिति अनुरुप तालिम तथा शिक्षा प्रदान गर्नु अनिवार्य हुन्छ ।” कर्मचारी आचारसंहिता र व्यक्तित्व विकास,  जनसम्पर्क तथा कार्यालय व्यवस्थापन सम्बन्धी २ वटा तालिम सत्र सञ्चालन गर्नुभएका विभागीय प्रमुख तिमिल्सिनाले चार दिवसीय कर्मचारी क्षमता विकास तालिमले कर्मचारीहरुमा कार्यसम्पादन प्रभावकारिता र सदस्य सम्बन्धमा सुमधुरता ल्याउने विश्वास लिइएको बताउनुभयो । 

कर्मचारी कार्यालय सञ्चालनका प्रमुख आधारस्तम्भ हुन् । कुनै पनि संघ संस्थाको सफलता कर्मचारीको सफलतासँग जोडिएको हुन्छ । समय व्यवस्थापन र कामको प्राथमिकीकरण विषयमा तालिम सत्र सञ्चालन गर्नुभएका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल भन्नुहुन्छ, “सबैको जीवनमा समयको अवधि समान छ, त्यसको उपयोग कति उपयोगी तथा लक्ष्य केन्द्रीत काममा लगाउने र कति अनुपयोगी काममा खर्च गर्ने भन्ने कुराले कर्मचारी र कार्यालयको सफलतालाई प्रभाव पार्दछ ।”

तालिम प्राचार्य गणेशप्रसाद तिमल्सीनाले बन्दाबन्दीको समयमा समयको उपयोगितालाई ख्याल गर्दै संघले जुम एप्लिेकेसन्स्मार्फत सञ्चालन गरेको  कर्मचारी क्षमता विकास तालिमले संघका नवप्रवेशी र लामो समयदेखि कार्यरत दुवै प्रकृतिका कर्मचारीहरुको मनोवन तथा उत्प्रेरणा बढाउन सहयोग गर्ने विश्वास लिइएको बताउनुभयो । सहकारीतामा आधारित सिकाई व्यवस्थापन र सहकार्य विषयक तालिम सत्र सञ्चालन गर्नुभएका तिमल्सीनाले सहकारी अभियानबारे जानकारी, सहकारीका मूल्य तथा सिद्धान्तहरु, कानुन तथा नीति नियम, सदस्य सम्बन्ध साथै नविन विषयहरुमा प्रदान गरिएको तालिमबाट कर्मचारीहरुलाई लक्ष्य केन्द्रीत कार्यसम्पादनका निम्ति तालिम कोशेढुङ्गा सावित भएको बताउनुभयो । 

कार्यालयमा अभिलेख व्यवस्थापन विधि र व्यवहार विषयक तालिम सत्र सञ्चालन गर्नुभएका संघका बरिष्ठ तालिम अधिकृत बल्लभ तिमिल्सिना भन्नुहुन्छ, “कार्यालय सञ्चालन तथा व्यवस्थापनका लागि प्रशिक्षण नियमित प्रक्रिया हो । सिक्ने सिकाउने कामलाई नियमित गर्न सक्यौंभने मात्रै काममा प्रभावकारिता आउँछ, समयको व्यवस्थापन सँगै कर्मचारी प्रशिक्षण संघको प्रत्येक बार्षिक योजना भित्र अनिवार्य समेटिएकै हुनुपर्छ । संघको सहायक कर्मचारीहरुका लागि प्रदान गरिएको यस तालिमबाट कर्मचारीहरुको क्षमता विकास सँगै संघले तय गरेका लक्ष्य परिपूर्तिका लागि उपयोगिसिद्ध हुने विश्वास लिएको छु ।” 

तालिम समापन गर्दै संघका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले कर्मचारीको व्यक्तिगत छवि संस्थागत छविसँग जोडिएको हुने हुँदा संस्थागत छवि विकासमा कर्मचारीको महत्वपूर्ण भूमिका रहेको प्रष्ट पार्नुभयो । कर्मचारीको क्षमता विकास, बृतिविकास र  नेतृत्व विकास व्यक्तिगत मात्र नभएर संस्थागत सफलतासँग निकट रहने भएकोले कर्मचारी स्वयं अध्ययनशील, उर्जाशील, र कार्यजिम्मेवारीप्रति वफादर रहेमा संघले पनि कर्मचारीको उच्च मूल्यांकन गर्ने बताउँदै तालिमबाट सिकेका सम्पूर्ण विषयहरु व्यक्तिगत जीवन र कार्यजीवनमा लागुगर्न आग्रह गर्नुभयो ।  

संघका केन्द्रीय व्यवसाय अधिकृत मनोज बुढाथोकीले महामारीको विषम् परिस्थितिका बीच सञ्चालन गरिएको कर्मचारी क्षमता विकास तालिमले कर्मचारीहरुमा मनोवल बढेको र कार्यजिम्मेवारीप्रति उत्प्रेरणा प्रदान गरेको विश्वास व्यक्त गर्नुभयो । 

तालिमबाट के सिक्नुभयो ? भन्ने प्रश्नमा सहभागी केही प्रतिनिधिमुलक कर्मचारीहरुको भनाई उहाँहरुकै शब्दमा ः

दिप्ती आचार्य,
पोखरा फिल्ड कार्यालय
चारदिनको तालिम अत्यन्तै रमाइलो बातावरणमा पत्तै नपाइकन सम्पन्न भयो । तालिमले जीवनमा धेरै कुराको सिकाई अभाव भएको महशुस गरायो र नयाँ कुराहरु सिक्ने अवसर मिल्यो । तालिमबाट एक शब्दमा भन्नुपर्दा समय व्यवस्थापन सबै कुराको जड रहेछ, हामीले जीवनमा समयको प्रभावकारी व्यवस्थापन गर्न सक्यौ भने कार्यालयीय कार्यसम्पादन र पारिवारिक कार्यसम्पादन दुवैमा प्रभावकारिता ल्याउन सक्नेरहेछौं । आजैबाट लक्ष्य केन्द्रीत कार्यसम्पादनका लागि समयको व्यवस्थापनलाई उचित ध्यान दिन पहल गर्नेछु ।  

                                                                                

प्रशन्न पौडेल, 
जनकपुर फिल्ड कार्यालय
व्यक्तिगत विकास र आचारसंहिता पालनाको विषयले जीवनमा धेरै कुरा सिक्न बाँकी रहेछ भन्ने ज्ञान भएको छ । अभिलेख व्यवस्थापन विषयको ज्ञान नयाँ लाग्यो । कार्यालयीय व्यवस्थापनमा अभिलेख व्यवस्थापनको महत्वले ठूलो भूमिका खेल्ने रहेछ । साथै समय व्यवस्थापन र सबैको जीवनमा लागुहुने एउटै समयावधिले व्यक्तिको सफल जीवन निर्धारण गर्ने विषयको ज्ञानले सिकाइ निकै उपयोगी भयो भन्ने लाग्छ , 

तीलक प्रसाद अधिकारी
सुर्खेत फिल्ड कार्यालय
चारदिनकै सिकाई अतिनै महत्वपूर्ण थिए । तालिमबाट धेरै कुरा सिक्ने अवसर मिल्यो । नविनतम प्रविधि प्रयोग, कार्यालय व्यवस्थापन र सदस्य सम्बन्ध का विषयहरु निकै महत्वपूर्ण लाग्यो । सफल हुन आफैबाट मेहनत गर्नुपर्ने कुराको राम्रो सिकाइ भएको छ । स्वअध्ययन महत्वपूर्ण छ, सिकेको ज्ञान सीप र अध्ययनबाट व्यवहारमा परिवर्तन ल्याउने दृढ संकल्प गरेको छु ।  

                                                                                

विनोद न्यौपाने,
झापा फिल्ड कार्यालय 
तालिम आफैमा एउटा सिकाइ हो, तसर्थ यस तालिमबाट हामीमा समय प्रशस्त छ, त्यसको सही व्यवस्थापन र कामको आवश्यकता केलाउन सकियो भने परिणाममुखी नतिजा दिन सकिने रहेछ भन्ने ज्ञान प्राप्त भएको छ । 

आयुशा दंगाल,
बनेपा फिल्ड कार्यालय 
तालिमले व्यक्तिगत जीवनयापन सहज बनाउन र तनावरहित बातावरणमा काम गर्न धेरै कुराहरुको बारेमा जानकारी दियो । जीवनमा सिकाइको महत्व कति धेरै हुनेरहेछ भन्ने कुराको पनि अनुभूति दिलाएको छ । घर र कार्यालय दुवै ठाउँमा तनावरहित भएर काम गर्न तोकिएको समयमै तोकिएको लक्ष्य केन्द्रीत भएर काम गर्न सक्यो भने अवश्य सफल भइन्छ भन्ने सिकाइ प्राप्त भएको छ । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र