शुक्रबार, वैशाख २१
०६:०७

नवलपरासी पश्चिमका २ साकोस कर्ब्स कार्यक्रममा आबद्ध

आईतबार, कात्तिक २८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

नवलपरासी पश्चिमका २ वटा बचत तथा ऋण सहकारी संस्थाहरु नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्ब्स) मा आबद्ध भएका छन् । सरावल गाउँपालिका–१, तिलकपुर नवलपरासी पश्चिमस्थित तिलकपुर महिला बचत तथा ऋण सहकारी संस्था लि. र सुस्ता गाउँपालिका–२, महलबारीस्थित श्री महर्षि बचत तथा ऋण सहकारी संस्था लि. साकोसहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी नेफ्स्कूनले सञ्चालन गरेको लोकप्रिय कार्यक्रम कर्ब्समा आबद्ध भएका हुन् ।

दुबै साकोसहरुसँग आज औपचारिक सम्झौता भएको हो । सम्झौतापत्रमा तिलकपुर साकोसको तर्फबाट अध्यक्ष मिना चौधरी तथा नेफ्स्कूनका तर्फबाट कार्यक्रम अधिकृत मनोज खड्काले हस्ताक्षर गर्नुभएको थियो । उक्त सम्झौता तिलकपुर साकोसकी उपाध्यक्ष सत्य देवी चौधरी, सचिव सविता महतो, कोषाध्यक्ष गंगा चौधरी तथा लेखा सुपरिवेक्षण समिति संयोजक अनुपा कुमारी चौधरी तथा नेफ्स्कूनका व्यवसाय सहायक नेत्र प्रसाद सापकोटाको रोहबरमा हस्ताक्षर गरिएको थियो । यसअघि नेफ्स्कूनका कार्यक्रम अधिकृत खड्काले तिलकपुर साकोसका सञ्चालक तथा व्यवस्थापन समूहलाई जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रमका सम्बन्धमा अभिमुखीकरण गर्नुभएको थियो ।

यस्तै, श्री महर्षि साकोसको तर्फबाट सम्झौतामा अध्यक्ष डिल्लीराम काफ्ले तथा नेफ्स्कूनका तर्फबाट कार्यक्रम अधिकृत मनोज खड्काले हस्ताक्षर गर्नुभएको थियो ।  साकोसका सचिव सागरमणि पाण्डेय, सञ्चालक सदस्य इश्वर प्रसाद उपाध्याय, व्यवस्थापक थिरलाल अधिकारी तथा नेफ्स्कूनका व्यवसाय सहायक नेत्र प्रसाद सापकोटा रोहबरमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो । तिलकपुर साकोसको कुल सम्पत्ति ६ करोड २८ लाख बढीको छ भने श्री महर्षि साकोसको कुल सम्पत्ति  ७ करोड ८७ लाख भन्दा बढी छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र