शुक्रबार, जेठ ४
१२:३७

एकिकृत साकोसद्वारा मास्क र स्यानिटाइजर   वितरण

शनिबार, भदौ २०
saccosaawaj

काठमाडौं, भदौ २० । गोकर्णेश्वर नगरपालिका वडा नम्वर ६ मा रहेको एकिकृत बचत तथा ऋण सहकारी संस्थाले जोरपाटीको माकलवारी क्षेत्रमा मास्क र स्यानिटाइजर  वितरण गरेको छ । पछिल्लो समयमा वडा नमवर ५ र ६ मा कोभिड–१९ को संक्रमण वढ्दो क्रममा देखिएकोले संस्थाले मास्क नलगाउने सर्वसाधारण र श्रमिक वर्गलाई मास्क र स्यानिटाइजर वितरण गरेको हो । 

अहिलेको अवस्थामा पनि मास्क नलगाइ हिंड्नेको संख्या वढेको देखिएपछि जनचेतना फैलाउनुका साथै मास्क र स्यानिटाइजर  वितरण गरिएको संस्थाका अध्यक्ष देवनारायण चौलागाइले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मानिसहरु मास्क किन्न नसक्ने र सावुन पानीले हात धुन नसक्ने अवस्थामा नगण्य मात्रामा मात्र होलान्, तर वेवास्ता र लापरवाहि गर्नेको संख्या वढी देखिएकोले जनचेतनाको लागि सामाजिक दुरी कायम गर्दै मास्क र स्यानिटाइजर  वितरण गरेका हौं ।’ करिव ४ सय वटा स्यानिटाइजर  र ५ सय भन्दा वढी मास्क वितरण गरिएको उहाँले जानकारी दिनुभयो । मास्क तथा स्यानिटाइजर  वितरणमा संस्थाका १ दर्जन भन्दा वढी सदस्य सकृय थिए ।  संस्थाका सदस्यहरुलाई पनि आवश्यक स्वास्थ्य परामर्शको व्यवस्था गरिएको चौलागाइले वताउनुभयो । 

काठमाडौं जिल्लाभर कार्यक्षेत्र रहेको एकिकृत बचत तथा ऋण सहकारी संस्थामा १ हजार ५ सय सदस्य छन् । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र