मंगलबार, जेठ ८
११:३५

कञ्चनपुरको प्रगति साकोसको १४औ बार्षिक साधारणसभा सम्पन्न

मंगलबार, असोज १९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

कञ्चनपुर । प्रगति बचत तथा ऋण सहकारी संस्था लि. कञ्चनपुरको १४औ बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दिनेश सिंह महराको सभापतित्वमा आयोजित सभाको उद्घाटन सुदुर पश्चिम प्रदेश बचत संघका अध्यक्ष माधव प्रसाद जोशीले गर्नुभएको थियो ।

अध्यक्ष जोशीले छोटो समयमा प्रगति साकोसले गरेको प्रगति प्रशंसायोग्य रहेको बताउनुभयो । आर्थिक वर्ष ०७७।०७८ मा ५ करोड १५ लाख को कारोवार गरेको संस्थाले खुद १० लाख १८ हजार मुनाफा आर्जन गरेको छ । यस्तै संस्थाले आर्थिक वर्ष २०७८।०७९ मा शेयर संकलन, बचत संकलन तथा ऋण लगानीमा बृद्धि गरी कुल कारोवार ८ करोड पुर्याउने लक्ष्य लिएको छ ।  

त्यसैगरी सस्थाले उत्कृष्ट ऋणी, उत्कृष्ट बचत कर्ता, उत्कृष्ट कर्मचारी र जेष्ठ नागरिक सेयर सदस्यलाई प्रमाणपत्र सहित सम्मान गरेको थियो । सम्मानित हुनेहरुमा उत्कृष्ट ऋणी तर्फ शुक्लाफाँटा ११ का करन सिंह विष्ट, उत्कृष्ट बचतकर्ता तर्फ शुक्लाफाँटा १२ का यज्ञराज पन्त, उत्कृष्ट कर्मचारी तर्फ मञ्जु विष्ट ऐर, शुक्लाफाँटा ११ का ज्येष्ठ नागरिक दान बहादुर दमाईलाई प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । संस्थामा हाल ६ सय ९६ सदस्य छन् ।
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र