बुधबार, जेठ ९
०७:५२

सामूहिक साकोसको २३औं वार्षिक तथा एकीकृत साधारण सभा सम्पन्न

आईतबार, असोज २४
साकोसआवाज प्रतिनिधि
saccosaawaj


पुनः धनेशराज राजोपाध्यायको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित

भक्तपुर । सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरले साविक बुद्ध साकोस र साविक समता साकोससँगको एकीकरण पश्चात शनिवार संस्थाको २३औँ वार्षिक साथै एकीकृृत साधारणसभा सम्पन्न गरेको छ । 

साधारणसभाको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायको सभापतित्वमा भक्तपुरको शुभकामना पार्टी प्यालेशमा आयोजित कार्यक्रममा जिल्ला सहकारी संघ लि. भक्तपुरका सञ्चालक सहना पसखल, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का संचालक कृष्णेश्वरी प्रजापति र संस्थापक अध्यक्ष श्याम प्रसाद मुनंकर्मीको आतिथ्यता रहेको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौड्यालले विशेष गरी एक्सेस तथा प्रोवेशन कार्यक्रममा सहभागी संस्थाहरुको स्वस्थ वित्तीय व्यवस्थापनबाट दीगो संस्थागत विकास र गुणस्तरयुक्त सदस्य सेवामा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । सुशासित र गुणस्तरयुक्त संस्थागत विकासबाट सदस्य  अर्थतन्त्रमा महत्वपूर्ण परिवर्तनहरु आउने र विश्व सहकारी अभियानलाई हेर्नेहो भने पनि सहकारी मार्फत सदस्य आर्थिक अवस्थामा निकै सुधार आएको उदाहरण प्रस्तुत गर्नुभयो । 

अतिथि कृष्णेश्वरी प्रजापतिले हरेक नागरिकले समुदायमा आधारित संस्थामा मात्र सदस्य बन्नुपर्ने र सहकारीको रकम सहकारीमै राख्न सहकारी संस्थाहरुले सहकारी संघहरुमा बचत गर्नुपर्ने भनाई व्यक्त गर्नुभयो । त्यसैगरी अतिथि सहना पसखलले सहकारी संस्था र अन्य वित्तीय संस्था विचको भिन्नतालाई प्रष्ट पार्दै समुदायमा आधारित र समुदायकै व्यक्तिवाट नीति नियममा रही सञ्चालित सहकारीमा सदस्य बन्नुपर्ने भनाई व्यक्त गर्नुभयो । 

साधारणसभाका अवसरमा संस्थाले उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी सदस्य र उत्कृष्ट कर्मचारीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो । उत्कृष्ट बचत कर्ता सदस्य विश्वराम देशेमरु, असल ऋणी सदस्य मधुसुदनलाल होरा र आ.व. २०७७।०७८ का उत्कृष्ट कर्मचारी सुमनदास कारन्जितलाई प्रमुख अतिथि पौड्यालले सम्मान पत्र तथा पुरस्कार प्रदान गर्नुभएको थियो  । 

सभाले आ.व.०७८/७९ का लागि ८५ करोड ४१ लाख ४३ हजारको बजेट तथा कार्यक्रम पारित गरेको छ । 

संस्थाको एकीकृत साधारणसभाले आगामी दुई बर्षे कार्यकालका लागि पुनः धनेशराज राजोपाध्यायको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित गरेको छ ।  निर्वाचन उपसमितिका संयोजक तथा संस्थाका कानूनी सल्लाहकार शशीचन्द्र मिश्रले एकीकरण पछिको एकीकृत साधारणसभाबाट निर्विरोध निर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका सदस्यहरुको अन्तिम नामावली  घोषणा गर्नुभएको थियो । 

सभाबाट समितिको उपाध्यक्षमा राजाभाई भेले, सचिवमा कृष्णहरि सैँजु,  कोषाध्यक्ष अशोकरत्न शाक्य सहित १३ जनाको सञ्चालक समिति र नित्यनाथ श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखासुपरीवेक्षण निर्वाचित गरेको हो । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र